चीनले सक्यो ताइवानलक्षित सैन्य अभ्यास
चीनले सक्यो ताइवानलक्षित सैन्य अभ्यास

‘चिनियाँ सेनाले आफ्नो अभ्यास सफलतापूर्वक सम्पन्न गरेको छ।हाम्रो सामर्थ्य के हो हामीले देखाएका छौं,’ उनले भनेका छन्।

    • Bell Sanchar

    • २५ श्रावण २०७९, बुधबार

अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चिनियाँ जनमुक्ति सेनाले ताइवानलाई घेरेर गरेको सैन्य अभ्यास सकिएको छ। गत बिहीबार ६ ठाउँबाट ताइवानलाई घेरेर सैन्य अभ्यास गरेको थियो।

चिनियाँ सेनाका पूर्वी कमाण्डका प्रवक्ता शुहु ईले बुधबार सैन्य अभ्यास सफलतापूर्वक सम्पन्न भएको बताएको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ।

‘चिनियाँ सेनाले आफ्नो अभ्यास सफलतापूर्वक सम्पन्न गरेको छ।हाम्रो सामर्थ्य के हो हामीले देखाएका छौं,’ उनले भनेका छन्।

आगामी दिनमा पनि अभ्यास जारी राख्ने प्रवक्ताले बताएका छन्।

साताकाे चर्चित
सम्बन्धित