महाभियोग सिफारिस समितिको सचिवमा गौतम
महाभियोग सिफारिस समितिको सचिवमा गौतम

सहसचिव गौतम संसद सचिवालयको कानुन महाशाखा प्रमुख हुन्। 

    • Bell Sanchar

    • २५ श्रावण २०७९, बुधबार

संसद सचिवालयले महाभियोग सिफारिस समितिको सचिव तोकेको छ।

सचिवालयले समितिको सचिवको जिम्मेवारी लक्ष्मीप्रसाद गौतमलाई तोकेको हो।

सहसचिव गौतम संसद सचिवालयको कानुन महाशाखा प्रमुख हुन्।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रतिनिधिसभाले साउन २२ मा समितिमा पठाएको थियो।

समितिमा ११ सदस्य छन्।

सभामुख अग्निप्रसाद सापकोटाले बुधबार समिति सदस्यबीच सहजीकरण बैठक राखेर राणाविरुद्धको महाअभियोग अध्ययन अघि बढाउन आग्रह गरेका छन्।

साताकाे चर्चित
सम्बन्धित