ज्ञानेन्द्र शाही ,जुम्लामा चुनावी अभियान अघि बढाउँदै
ज्ञानेन्द्र शाही ,जुम्लामा चुनावी अभियान अघि बढाउँदै

जिल्लामा अन्य पार्टी स्थापित भएपनि आफूलाई जनताले सहयोग गर्ने उनको विश्वास छ ।

    • बेल संचार

    • ४ भाद्र २०७९, शनिबार

काठमाडौं

चुनावको मिति नजिकिएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही चुनावी क्षेत्र पुगेका छन् ।

शाही काठमाडौंमा उम्मेदवारी घोषणा गरेपछि चुनावी गतिविधि बढाउन जुम्ला पुगेका हुन् ।

स्थानीय चुनावमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)को बलियो गढ मानिएको जिल्लामा उनले आफूलाई उम्मेदवगत स्थानीय निर्वाचनमा जुम्लाका आठ स्थानीय तहमध्ये एक स्वतन्त्र, दुई माओवादी केन्द्र र पाँच स्थानीय तहमा नेपाली काँग्रेसले जितेको थियो ।

तर, अहिले जिल्लामा अन्य दललाई टक्कर दिन शाही जिल्लामा पुगेका हुन् ।

जिल्लामा अन्य पार्टी स्थापित भएपनि आफूलाई जनताले सहयोग गर्ने उनको विश्वास छ ।

साउन २३ गते राजधानीमा पत्रकार सम्मेलन गरेर उनले निर्वाचन लड्ने घोषणा गरेका थिए ।

आफूलाई गृहजिल्ला जुम्ला प्यारो लाग्ने र जिते पनि हारे पनि केही फरक नपर्ने उनले बताउँदै आएका छन् ।

साताकाे चर्चित
सम्बन्धित