काठमाडौं ।
गोठाटार इङ्लिस् सेकेन्डरी स्कुलले एसईई व्याजको २२औं तथा २३ औं अभिनन्दन र विदाई कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । गोठाटार इङ्लिस् स्कुलले एसईई शैक्षिक सत्र २०७७ तथा २०७८ का ६० विद्यार्थीहरुलाई बधाई तथा सम्मान गरेको हो । उक्त बधाई तथा सम्मान कार्यक्रम सान ब्याङकेट खहरे चोक पेप्सिकोलामा भएको थियो ।
गोठाटार इङ्लिस् स्कुल काठमाडौंको पूवी भेग गोठाटार हाल कागेश्वरी मनोहरा ०८ मा अवस्थित रहेको पुरानो स्कुल हो ।यो विद्यालय गोठाटार क्षेत्रको पहिलो निजी विद्यालयको रुपमा वि.स २०४४ सालबाट स्थापन हुदै गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको छ । गोठाटार इङ्लिस स्कुल विगत ३४ वर्षदेखि निरन्तर रुपमा काठमाडौंको पूर्वी भेगमा परिचय बनाउदै गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको शैक्षिक संस्था हो ।
यो विद्यालयले आफूलाई पूर्वी भेगमा परिचति बनाउदै, उच्च शिक्षा प्रदान गर्दै आएको छ । यस विद्यालयबाट २३ औं व्याजले सफलापूर्वक एसईई परिक्षामा राम्रो अकं ल्याउदै काठमाडौ तथा कागेश्वरी मनोहरा नगरक्षेत्रमा शैक्षिक धरोहरको रुपमा आफूलाई परिचित गराउन सफल भएको छ । साथै गोठाटार इङ्लिस स्कुलको एसईई अभिनन्दन र विदाई कार्यक्रममा विद्यालयका प्रिन्सिपल रामेश्वर दाहालले सभापतित्व ग्रहण गर्नुभएको थिए । भने कार्यक्रममा प्रमुख अतिथीको रुपमा निजी विद्यालयहरुको छाता संगठन प्याब्सनका सचिव आरबी कटवाल हुनुहुन्थ्यो ।
साथै कार्यक्रममा प्याब्सन बागमति प्रदेशका वरिष्ठ अध्यक्ष मुरारी संजेल, फेकाका पूर्व अध्यक्ष अर्जुन खत्री, फेकाका सचिव किरण न्यौपाने, फेकाका पूर्व सचिव प्रदिप खनाल, फेकाका सदस्यहरु धिरज थापा, दिपेन अधिकारी लगायत स्कुलका भाइस प्रिन्सिपल राज खतिवडा, गोविन्द पुडासैनी लगायत शिक्षकशिक्षिका लगायत अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
शैक्षिक सत्र २०७८ तथा २०७९ को एसईई विद्यार्थीहरुलाई कलेजका प्रिन्सीपल रामेश्वर दाहालले बधाई तथा शुभकामना दिदै विद्यार्थीहरुलाई करियरका बारेमा काउन्सेलिङ गर्नुभएको थियो । साथै कार्यक्रमा उहाँले विद्यार्थीहरुलाई करियर काउन्सिलिङ गर्दै विद्यार्थीहरुले गर्नुपर्ने जिम्मेवारीका साथ लगनशील भएर सधै विद्यालयको नाम उच्च राख्न आग्रह गर्नुभयो। साथै कार्यक्रमका प्रमुख अतिथि प्याब्सन सचिव आरबी कटवाल विद्यार्थीहरुमा बधाई दिदै थप शैक्षिक यात्राको अग्रिम शुभकामना दिदै ,कक्षा १० पास माध्यामिक तहको पास होइन तपाईहरुको कक्षा १२ पास आइरन गेट हो भन्दै, थप मेहनत गर्न तथा देशमा केही गर्ने दायित्व विद्यार्थीहरुलाई सिकाउदै । नेपाली विद्यार्थीहरुको विदेशीने कल्चरलाई हटाउदै देशमा केही योगदान गर्ने वातावरण बनाउन पर्नेमा जोडदिदै ।
खेलकुद विश्वविद्यालयको स्थापना पहल कदम चालिएको बताउदै अन्य अतिरिक्त त्रियाकलापमा पनि विद्यार्थीहरुलाई सहभागिता गराउनुपर्नेमा जोडदिनुभयो । साथै कार्यक्रमा विद्यालयका भाइस प्रिन्सिपल राज खतिवडाले स्वागत मन्तव्य राख्दै विद्यार्थिहरुलाई बधाई दिदै स्कुलले दिएको गुणस्तरिय शिक्षा तथा मायालाई आत्मसाथ गर्दै सधै प्रगतिपथमा लाग्न आग्रह गर्नुभएको थियो ।
साथै खतिवडाले विद्यालयले सधै अब्बल बन्न प्रेरित गराउने वातावरण सिर्जना गरेको गोठाटार इङ्लिस स्कुलले विद्यार्थीहरुको शैक्षिक संगै अतिरिक्त क्रियाकलपमा समेत ध्यानमा राख्दै गुणस्तरीय शिक्षामा जोड दिदै आएको जानकारी दिनुभयो । विद्यालयको अभिन्दन तथा बधाई कार्यक्रममा विद्यालयमा विगत २४ वर्ष सम्म योगदान दिनुभएका शिक्षक दिपक लुँइटेललाई विशेष सम्मान गरिएको थियो ।
साथै २२औं र २३ औं व्याजका एसईई विद्यार्थीहरुलाई पनि विशेष मायाको चिनो प्रदान गरिएको थियो । उपस्थित अतिथिहरुमा मायाको चिनोले सम्मान पनि गरिएको थियो । गोठाटार इङ्लिस् स्कुलमा ४ सय भन्दा माथि विद्यार्थीहरु अध्ययन गर्दै आएका छन । उत्कृष्ठ तथा गुणस्तरीय शिक्षाको लागि गोठाटार इङ्लिस् स्कुल शैक्षिक केन्द्र तथा सही गन्तव्य भएकाले गुणस्तरीय शिक्षा पाउन कलेजमा जोडिन भाइस प्रिन्सिपल खतिवडाले आग्रह गर्नुभयो ।