पाकिस्तानमा बाढीको विध्वंश, अहिलेसम्म झन्डै हजार जनाको मृत्यु (तस्बिरहरू)
पाकिस्तानमा बाढीको विध्वंश, अहिलेसम्म झन्डै हजार जनाको मृत्यु (तस्बिरहरू)

फाेटाे फिचर

    • Bell Sanchar

    • १२ भाद्र २०७९, आईतवार

पाकिस्तानमा बाढीका कारण गत जुनयता झन्डै एक हजार मानिसको मृत्यु भएको छ।

सरकारी तथ्यांकलाई उद्धृत गर्दै समाचार पत्र द डनले मध्य जुनदेखि अहिलेसम्म तीन करोड बढी मानिसहरू विस्थापित भइसकेको जनाएको छ।

यसपालिको मनसुनमा पाकिस्तानभरि बाढीले विध्वंश मच्चाएको छ। सिन्ध, बलुचस्तान,  खैबर पख्तुनख्वाहमा सबैभन्दा धेरै असर परेको छ।

शुक्रबार र शनिबार भएको भारी वर्षाले थप क्षेत्रमा बाढी र डुबानको चपेटामा परेका छन्। विभिन्न नदीहरूको बहाव बढ्दा छेउका घरहरू भत्किएका छन्।

प्रधानमन्त्री सहबाज सरिफले बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन्। उनले प्रभावितको राहत, उद्धार र पुनर्स्थापनाका लागि ३८ अर्ब पाकिस्तानी रुपैयाँ (२२ अर्ब रुपैयाँ)  बजेट छुट्याएको घोषणा गरेका छन्।

बाढी प्रभावितलाई सहयोग गर्न प्रधानमन्त्री सरिफले अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेका छन्। कतार रेडक्रसले पाकिस्तानलाई १ लाख अमेरिकी डलर सहयोग घोषणा गरेको छ। टर्की, युनाइटेड अरब इमिरेट्सले पनि सहयोगको प्रतिवद्धता जनाएका छन्।

 

 

साताकाे चर्चित
सम्बन्धित