केन्याविरूद्धको तेस्रो टी-२० मा नेपाली टिममा दुई परिवर्तन
केन्याविरूद्धको तेस्रो टी-२० मा नेपाली टिममा दुई परिवर्तन

यसअघि भएको पहिलो खेलमा नेपालले ५ विकेटको जित निकालेको थियो। दोस्रो खेलमा भने केन्या विजयी भएको थियो। 

    • बेल संचार

    • १२ भाद्र २०७९, आईतवार

नेपाल र केन्याबीचको पाँच खेलको टी-२० सिरिजको तेस्रो खेलमा पनि नेपालले पहिले बलिङ गरिरहेको छ।

केन्याको नैरोबीस्थित जिमखाना मैदानमा घरेलु टिमले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गरिरहेको छ।

खेलमा नेपाली टिममा दुई परिवर्तन गरिएको छ।  टिममा साहब आलम र अर्जुन साउदले मौका पाएका छन्। अर्जुनले यससँगै टी-२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका छन्।

टिमबाट आसिफ शेख र बसिर अहमेद बाहिरिएका छन्।

नेपाली टिम : नेपाली टिम : सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, ज्ञानेन्द्र मल्ल, करण केसी, सोमपाल कामी, अर्जुन साउद, साहब आलम, पवन सर्राफ, आदिल अन्सारी

यसअघि भएको पहिलो खेलमा नेपालले ५ विकेटको जित निकालेको थियो। दोस्रो खेलमा भने केन्या विजयी भएको थियो।

दोस्रो खेलमा नेपालले खराब ब्याटिङ गर्दा हार बेहोर्नु परेको थियो। १३३ रनको लक्ष्य पछ्याएको नेपाल ११४ रनमै अलआउट भएको थियो।

टी-२० वरीयताका लागि महत्वपूर्ण मानिएको सिरिजमा हार बेहोरेसँगै नेपाललाई घाटा पर्ने देखिएको छ।

६ दिनको अन्तरमा पाँच टी-२० खेल्न लागेको नेपालले चौथो खेल भोलि र पाँचौ खेल पर्सी खेल्नेछ।

यस्तै तीन एकदिवसीय खेलमा नेपालले पहिलो खेल भदौ १७ गते खेल्नेछ भने दोस्रो खेल भदौ १८ गते तथा तेस्रो तथा सिरिजको अन्तिम खेल भदौ २० गते खेल्नेछ।

साताकाे चर्चित
सम्बन्धित