जसले ब्रम्हास्त्रमा लिए अमिताभभन्दा बढी पारिश्रमिक ,८ सय करोडका मालिक नागार्जुना
जसले ब्रम्हास्त्रमा लिए अमिताभभन्दा बढी पारिश्रमिक ,८ सय करोडका मालिक नागार्जुना

सन् २०१२-१३ को फोर्ब्सको सूचीमा नागार्जुना भारतका शीर्ष १०० व्यक्तिमध्ये ५६औं र ६१औं स्थानमा परेका छन्।

    • Bell Sanchar

    • १३ भाद्र २०७९, सोमबार

आज साउथ सुपरस्टार नागार्जुनााको ६३ औं जन्मदिन।

२९ अगस्ट १९५९ मा जन्मिएका नागार्जुनाले हिन्दी र साउथका करिब १०० फिल्ममा अभिनय गरेका छन्।

नागार्जुनााले सन् १९८६ मा रिलिज भएको साउथ फिल्म विक्रमबाट आफ्नो अभिनय करियर सुरू गरेका थिए।

उनले फिल्म ‘शिवा’ (१९९०) बाट बलिउडमा आफ्नो यात्रा सुरू गरे।

सन् २०१२-१३ को फोर्ब्सको सूचीमा नागार्जुना भारतका शीर्ष १०० व्यक्तिमध्ये ५६औं र ६१औं स्थानमा परेका छन्।

नागार्जुना आगामी सेप्टेम्बर ९ मा रिलिज हुने फिल्म ब्रह्मास्त्रमा देखिनेछन् । यस फिल्ममा उनीसँगै रणवीर कपुर, आलिया भट्ट, मौनी रोय र अमिताभ बच्चन पनि महत्वपूर्ण भूमिकामा छन्।

अमिताभ बच्चनले फिल्मका लागि करिब १० करोड पारिश्रमिक लिएका छन्। यता नागार्जुनाले यो फिल्मका लागि करिब ११ करोड पारिश्रमिक लिएका छन्।

नागार्जुना ८०० करोडको सम्पत्तिका मालिक हुन्। उनी अन्नपूर्ण स्टुडियो प्रोडक्सन कम्पनीका मालिक पनि हुन् र यो स्टुडियो ७ एकडमा फैलिएको छ। यस बाहेक उनी अन्नपूर्ण इन्टरनेशनल स्कूल अफ फिल्म एण्ड मिडिया, हैदराबादका अध्यक्ष हुन्।

यससँगै उनको हैदराबादको जुबली हिल्समा ४० करोडको बंगला छ । नागार्जुना दुई रेस्टुरेन्टका मालिक हुन्, हैदराबादमा उनको एन-ग्रिल  र एन- एसियन नामका रेस्टुरेन्ट छन्।

फिल्ममा अभिनयका कारण नागार्जुनाको निकै फ्यान फलोइङ छ। सन् १९९७ मा आएको फिल्म ‘अन्नमाया’ बाट प्रेरित नागार्जुनाका फ्यानले एउटा भव्य अन्नमाचार्य मन्दिरनै बनाइदिए।

रिपोर्टका अनुसार यो मन्दिर आन्ध्र प्रदेशको गुँटुरमा बस्ने अक्किनेनी नागार्जुनाका फ्यान सुधाकर स्वामीले बनाएका हुन्।

उनले सन् १९९७ मा फिल्म ‘अन्नमय’ हेरेपछि यस मन्दिरको शिलान्यास गरेका थिए।

२२ वर्षपछि यो मन्दिर तयार भएको हो। यस मन्दिर निर्माणमा सुधाकर स्वामीका साथीहरूले पनि सहयोग गरेका थिए।

नागार्जुनाका फ्यानले मन्दिरका लागि १ करोड ३० लाख रुपैयाँ जम्मा गरेका थिए । यस मन्दिरको नाम श्री अन्नमय स्वामी मन्दिरम् हो।

नागार्जुनाले दुई वटा विवाह गरेका छन्। उनले सन् १९८४ मा लक्ष्मी दग्गुबातीसँग पहिलो विवाह गरेका थिए। उनीहरुको नागा चैतन्य नामको छोरा छन्।

लक्ष्मीसँग सम्बन्धविच्छेद भएपछि उनले सन् १९९२ मा अभिनेत्री अमलासँग दोस्रो विवाह गरे।

लक्ष्मी र उनको अखिल अक्किनेनी नामका छोरा छन्। नागार्जुनाका दुवै छोरा दक्षिणी उद्योगमा सक्रिय छन्।

साताकाे चर्चित
सम्बन्धित