नेयमारको पेनाल्टी गोलमा पिएसजी हारबाट जोगियो
नेयमारको पेनाल्टी गोलमा पिएसजी हारबाट जोगियो

पिएसजीले घरेलु मैदानमा मोनाकोसँग १–१ गोलको बराबरी खेल्दै हारबाट जोगिएको हो।

    • बेल संचार

    • १३ भाद्र २०७९, सोमबार

नेयमार जुनियरको पेनाल्टी गोलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा हारबाट जोगिएको छ ।

पिएसजीले घरेलु मैदानमा मोनाकोसँग १–१ गोलको बराबरी खेल्दै हारबाट जोगिएको हो।

पार्क डेस प्रिन्सेसमा आइतबार राति भएको खेलको २०औं मिनेटमा मोनाकोका केभिन भोलान्डले गोल गर्दै पिएसजीमाथि सुरूआती अग्रता लिएको थियो।

एक गोलले पछि परेको पिएसजीले त्यसपछि मोनाकोमाथि लगातार दवाव सिर्जना गरे पनि गोल फर्काउन निकै संघर्ष गर्नुपरेको थियो।

खेलको ७०औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। मारिपानले पेनाल्टी बक्समा नेयमारलाई फउल गरेपछि रेफ्रीले भिएआरको सहायतामा दिएको पेनाल्टीमा नेयमार चुकेनन्।

त्यसपछि थप गोल निस्कन नसक्दा पिएसजी बराबरीमा रोकियो।

नयाँ सिजनमा पिएसजीको यो पहिलो बराबरीको नतिजा हो। बराबरीपछि अपराजित रहेको पिएसजी ४ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा रहेको छ। समान १० अंक नै रहेपनि मार्से र लेन्स गोलअन्तरमा पछि छन्।

मोनाको ५ अंक जोडेर १२औं स्थानमा छ।

साताकाे चर्चित
सम्बन्धित