नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनाउन आवेदन परेको छ।
आगामी मंसिर ४ मा हुने चुनावका लागि पार्टीबाट उम्मेदवार बनाउन कास्की क्षेत्र नम्बर १ कांग्रेसमा थापाको नामबाट बुधबार आवेदन परेको छ।
कास्की कांग्रेसका सचिव भानुभक्त ढकालले महामन्त्री थापालाई कास्की १ मा उम्मेदवार सिफारिस गर्न आवेदन दिएका हुन्।
थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट चुनाव जित्दै आएका छन्।
थापाको सचिवालयका अनुसार थापा यसपालि पनि काठमाडौं क्षेत्र नम्बर ४ मै उम्मेदवारी दिने तयारीमा छन्।
थापाले काठमाडौं ४ मा उम्मेदवार हुन आवेदन पनि दिइसकेका छन्।

