प्रचण्डसहित माओवादी नेताहरू राष्ट्रपतिलाई भेट्दै

माओवादी नेतालाई राष्ट्रपति भण्डारीले अहिले दिउँसो साढे २ बजे शितल निवासमा डाकेकी हुन्। 

    • Bell Sanchar

    • १५ भाद्र २०७९, बुधबार

राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहितका नेतासँग छलफल गर्ने भएकी छिन्।

माओवादी नेतालाई राष्ट्रपति भण्डारीले अहिले दिउँसो साढे २ बजे शितल निवासमा डाकेकी हुन्।

नागरिकता विधेयक पुनर्विचार गर्न संसदमा फिर्ता पठाएकी राष्ट्रपति भण्डारीले यसअघि नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुसँग छलफल गरेकी थिइन्।

‘साढे २ बजेका लागि राष्ट्रपतिको निम्तो आएको छ’, माओवादी केन्द्रका एक नेताले भने,

‘नागरिकता विधेयक लगायतका विषयमा छलफल गर्न डाक्नुभएको हुनसक्छ।

Nabintech
साताकाे चर्चित
सम्बन्धित