नेकपा (एकीकृत समाजवादी)का नेताहरू एमाले प्रवेश राज्यमन्त्री चौधरीसहित
नेकपा (एकीकृत समाजवादी)का नेताहरू एमाले प्रवेश राज्यमन्त्री चौधरीसहित

यसैबीच एमाले प्रवेश गर्ने तयारी गरेपछि एकीकृत समाजवादीले राज्य मन्त्री चौधरीलाई बर्खास्त गरेको थियो।

    • बेल संचार

    • १५ भाद्र २०७९, बुधबार

मन्त्रीसहित नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिमका नेताहरू नेकपा एमालेमा प्रवेश गरेका छन्।

सुदूरपश्चिम प्रदेश सरकारका राज्यमन्त्री कुलवीर चौधरी, पूर्वअर्थमन्त्री तारा लामा तामाङ, समाजवादीका प्रदेश अध्यक्ष बिक्रम शाही, कञ्चनपुर वेदकोट नगरपालिकाका पूर्वमेयर अशोक चन्दलगायतका नेताहरू बुधबार एमालेमा प्रवेश गरेका हुन्।

कञ्चनपुरमा आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पार्टीमा स्वागत गरेका हुन्।

यसैबीच एमाले प्रवेश गर्ने तयारी गरेपछि एकीकृत समाजवादीले राज्य मन्त्री चौधरीलाई बर्खास्त गरेको थियो।

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्ना एक जना राज्यमन्त्रीलाई पदबाट हटाएका हुन्।
भट्टले भौतिक पुर्वाधार विकास राज्यमन्त्री रहेका कुलवीर चौधरीलाई मन्त्री पदबाट हटाएका हुन्।

प्रदेश कमिटि सदस्यसमेत रहेका चौधरी एकीकृत समाजवादी पार्टीबाट राज्यमन्त्री भएका थिए।

यस्तै माओवादी केन्द्रबाट पनि नेता शङ्कर दत्त जोशी, मोहन गिरि लगायतका नेताहरू एमाले प्रवेश गर्दैछन्।

साताकाे चर्चित
सम्बन्धित