परम्परागत दलसँग तालमेल र एकीकरणबारे वार्ता भएको छैन: विवेकशील साझा
परम्परागत दलसँग तालमेल र एकीकरणबारे वार्ता भएको छैन: विवेकशील साझा

उनले केन्द्रीय समिति बैठक बसेर चुनाव लक्षित रणनीति बनाइने पनि बताइन्।

    • Bell Sanchar

    • १५ भाद्र २०७९, बुधबार

विवेकशील साझाले परम्परागत पार्टीहरूसँग तालमेल र एकीकरणबारे पार्टीले संवाद नगरेको प्रष्ट पारेको छ।

अध्यक्ष समीक्षा बास्कोटाले आज विज्ञप्ति जारी गर्दै विवेकशील साझा वैकल्पिक राजनीतिको केन्द्र निर्माणका लागि छलफल, संवाद र परामर्शलाई तीव्रता दिँदै आएको बताएकी छन्।

विवेकशील साझाको निवर्तमान अध्यक्ष रवीन्द्र मिश्रले पार्टीलाई राप्रपासँग एकता गर्ने तयारी गरेका खबर सार्वजनिक भएका छन्।

ती समाचारप्रति विवेकशील साझाकी अध्यक्षले विज्ञप्ति निकालेर खण्डन गरेकी छन्।

‘विवेकशील साझा पार्टीको नामलाई जोडेर विभिन्न संचार माध्यमहरुमा आएका समाचारहरुमा पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ।

केही संचार माध्यमहरुमा आए जसरी विवेकशील साझा पार्टीले परम्परागत दलहरुसँग चुनावी तालमेल तथा एकीकरणबारे कुनै ओैपचारिक वार्ता नगरेको स्पष्ट पार्न चाहन्छौं,’ उनले भनेकी छन्।

उनले केन्द्रीय समिति बैठक बसेर चुनाव लक्षित रणनीति बनाइने पनि बताइन्।

‘विवेकशील साझाले वैकल्पिक राजनीतिक केन्द्र निर्माणका लागि आवश्यक छलफल, संवाद र परामर्शलाई तीब्रता दिँदै आएको सम्पूर्ण पार्टी पंक्तिमा जानकारी गराउँदछौं।

पार्टीको चुनाव लक्षित रणनीति निर्माण, आवश्यक सहकार्यलगायत विषयमा आगामी केन्द्रीय समिति बैठकमा विस्तृत छलफल गरी निर्णय लिइनेछ,’ उनले भनेकी छन्।

साताकाे चर्चित
सम्बन्धित