गगन थापा ,म काठमाडौं क्षेत्र नम्बर ४ बाटै उम्मेदवार हुने हो

उनले कास्की क्षेत्र नम्बर १ का कांग्रेस नेता तथा कार्यकर्तालाई धन्यबाद पनि दिएका छन्।

    • Bell Sanchar

    • १५ भाद्र २०७९, बुधबार

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मंसिर ४ मा हुने चुनावमा आफू काठमाडौं क्षेत्र नम्बर ४ बाटै उठ्ने बताएका छन्।

कास्की क्षेत्र नम्बर १ बाट बुधबार थापाको नाम उम्मेदवारका लागि आवेदन परेपछि उनले आफू काठमाडौं क्षेत्र नम्बर ४ बाटै उठ्ने प्रष्टाएका हुन्।

उनले कास्की क्षेत्र नम्बर १ का कांग्रेस नेता तथा कार्यकर्तालाई धन्यबाद पनि दिएका छन्।

‘कास्की क्षेत्र नम्बर १ मा पार्टीका साथीहरूले स्नेहपूर्वक चाहना राखेर प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि मेरो पनि नाम प्रस्तुत गर्नु भएकोमा त्यो सद्भावका लागि धन्यवाद,’ आज अपरान्ह ट्वीट गर्दै थापाले भने, ‘मैले काठमाडौँ क्षेत्र नम्बर ४ बाट नै मेरो उम्मेदवारीको तयारी गरिरहेको छु। र स्वाभाविक रूपमा म उम्मेदवार हुने यहीँबाट हो।’

थापा २०७४ सालमा भएको चुनावमा काठमाडौं ४ बाटै निर्वाचित भएका थिए।

Nabintech
साताकाे चर्चित
सम्बन्धित