कांग्रेसका नैनसिंह महर उम्मेदवार सिफारिस कैलाली ४ बाट
कांग्रेसका नैनसिंह महर उम्मेदवार सिफारिस कैलाली ४ बाट

उनलाई प्रतिनिधि सभातर्फ उम्मेदवार सिफारिस गरिएको हो।

    • बेल संचार

    • १६ भाद्र २०७९, बिहीबार

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर कैलाली क्षेत्र नम्बर ४ बाट आगामी मंसिर ४ मा हुने चुनावका लागि उम्मेदवार सिफारिस भएका छन्।

उनलाई प्रतिनिधि सभातर्फ उम्मेदवार सिफारिस गरिएको हो।

कांग्रेस कैलाली क्षेत्र नम्बर ४ समितिले महरसहित सुनिलकुमार भण्डारी, प्रकाश बम, भोजराज भट्ट, प्रदीपराज जोशी र लक्ष्मीराज पाठकलाई प्रतिनिधि सभा उम्मेदवार सिफारिस गरेको छ।

यो क्षेत्रबाट २०६४ र २०७४ मा तत्कालीन माओवादीका लेखराज भट्ट निर्वाचित भएका थिए। भट्ट अहिले नेकपा एमालेमा छन्।

२०७० मा भने कांग्रेसबाट दीर्घराज भाट निर्वाचित भएका थिए।

साताकाे चर्चित
सम्बन्धित