मिटर व्याजीको विरोधमा किसानहरु हलो जुवा बोकेर निस्के सडकमा
मिटर व्याजीको विरोधमा किसानहरु हलो जुवा बोकेर निस्के सडकमा

मिटर व्याजबाट पीडित भएका किसान तथा मजदुरसमेतको सहभागितामा प्रदर्शन भएको हो ।

    • बेल संचार

    • १६ भाद्र २०७९, बिहीबार

काठमाडौं

मिटरब्याजबाट पीडित भएकाहरुलाई न्याय दिन माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ ।

मिटर व्याजबाट पीडित भएका किसान तथा मजदुरसमेतको सहभागितामा प्रदर्शन भएको हो ।

प्रदर्शनमा किसानहरु हलो जुवासहित सहभागी छन् । उनीहरुले काठमाडौंको माइतीघरदेखि प्रधानमन्त्री निवास बालुवाटारसम्म प्रदर्शन गर्न् बताएका छन् ।

मिटर व्याजीका कारण घरबार बिहीन हुँदा पनि सरकारले आफूहरुलाई न्याय निदएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

साताकाे चर्चित
सम्बन्धित