कांग्रेसबाट आरजु राणा एकल उम्मेदवार सिफारिस कैलाली–५ मा
कांग्रेसबाट आरजु राणा एकल उम्मेदवार सिफारिस कैलाली–५ मा

यस्तै, नृप सुनार, मनिराम देवल र पुष्पा भट्ट पनि समावेशी कोटाका लागि सिफारिसमा परेका छन्।

    • बेल संचार

    • १६ भाद्र २०७९, बिहीबार

कैलाली–५ बाट कांग्रेसले डाक्टर आरजु राणा देउवालाई आगामी संघीय निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ।

प्रदेश कार्यसमितिले बिहीबार राणाको एकल नाम सर्वसम्मतिले  संघीय निर्वाचनको उम्मेदवारका रूपमा सिफारिस गरेको हो।

समावेशी समानुपतिकतर्फ भने १३ जनाको नाम सिफारिस गरिएको कांग्रेस कैलाली जिल्ला सचिव नृप सुनारले बताए।

समानुपातिकका लागि सिफारिस हुनेहरूमा प्रदेश महामन्त्री रहेका नरनारायण शाह मनु, वर्तमान प्रदेशसभा सदस्य तथा राज्यमन्त्री रहेका टेक बहादुर रैका, केन्द्रीय सदस्य तथा पूर्व मेयर नृप वड, केन्द्रीय सदस्य तथा पूर्व उपमेयर शुशीला मिश्र भट्ट लगायत छन्।

यस्तै, नृप सुनार, मनिराम देवल र पुष्पा भट्ट पनि समावेशी कोटाका लागि सिफारिसमा परेका छन्।

प्रतिनिधि सभाको २०७४ को निर्वाचनमा राणा तत्कालीन वाम गठबन्धनका उम्मेदवार नारदमुनि रानासँग ४ हजार आठ सय ८० मत अन्तरले पराजित भएकी थिइन्।

त्यसबेला रानाले २७ हजार २०२ मत प्राप्त गरेका थिए भने राणाले २२ हजार तीन सय २२ मत मात्र प्राप्त गरेकी थिइन्।

साताकाे चर्चित
सम्बन्धित