प्रधानमन्त्री देउवा ,प्रदीप गिरि समाजवादी र दार्शनिक व्यक्ति हुनुहुन्थ्यो
प्रधानमन्त्री देउवा ,प्रदीप गिरि समाजवादी र दार्शनिक व्यक्ति हुनुहुन्थ्यो

उनले स्व. गिरिले छोडेर गएका चिन्तनहरूलाई नेपाली कांग्रेसले देशभर पुर्‍याउने बताए।

    • बेल संचार

    • १६ भाद्र २०७९, बिहीबार

प्रधानमन्त्री शेरबहादुर देउवाले स्व. प्रदीप गिरिलाई समाजवादी र दार्शनिक व्यक्तित्वको रूपमा स्मरण गरेका छन्।

बिहीबार काठमाडौंमा भएको १३ औं दिनको स्मृति सभालाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेसका स्व.नेता गिरि भर्सटायल, जिनियस भएको बताएका हुन्।

प्रधानमन्त्री देउवाले स्व. गिरिमा सबै क्षेत्रको ज्ञान रहेको उल्लेख गर्दै नेपालमा गिरि सरहको बौद्धिक व्यक्तित्व कमैमात्र पाइने बताए।

उनले गिरिको निधनले नेपाल र सारा विश्वलाई अपूरणीय क्षति पुर्‍याएको उल्लेख गर्दै यसको क्षति पूर्ण गर्न नसकिने बताए।

उनले स्व. गिरिका लेख पढ्नैपर्ने र लेखमा समाजवादको चिन्तन र समाजवादी आन्दोलनका अनगिन्ती ज्ञान मिल्ने बताए।

उनले स्व. गिरिले छोडेर गएका चिन्तनहरूलाई नेपाली कांग्रेसले देशभर पुर्‍याउने बताए।

उनले भने, ‘उहाँलाई मैले भन्ने गरेको छु, उहाँ मान्छे एकदमै भर्सटायल, जिनियस मान्छे भने हुन्छ।

उहाँमा सबै क्षेत्रको ज्ञान थियो। उहाँ समाजवादीमात्रै होइन, दार्शनिक पनि हो। उहाँ विद्वान मानिस हो।

नेपालमा त्यस्तो विद्वान मानिस धेरै कम छन्।

उहाँको निधनले हामीलाई अपूरणीय क्षति भएको छ। यसको पूर्ति हामी गर्न सक्दैनौं।

उहाँले लेखेका लेख पढ्ने हो भने समाजवादको चिन्तन र आन्दोलनका धेरै ज्ञान मिल्नेछ।

उहाँले छोडेर गएका चिन्तन हाम्रो पार्टीले अघि बढाउनुपर्छ।

उहाँले लेखेको पुस्तक हाम्रो पार्टीले देशभर पठाउनेछ। उहाँले लेखेका कुराहरूलाई हामीले अघि बढाउनुपर्छ।’

प्रधानमन्त्री देउवाले स्व. गिरिले लेखेका पुस्तकलाई पार्टीले देशभरमा पुर्‍याएर उनका चिन्तन अघि बढाउने बताए।

साताकाे चर्चित
सम्बन्धित