गठबन्धनलाई नै प्रभावकारी बनाउने हो: एमालेसँग सहकार्य हुँदैन, अध्यक्ष पुष्पकमल दाहाल
गठबन्धनलाई नै प्रभावकारी बनाउने हो: एमालेसँग सहकार्य हुँदैन, अध्यक्ष पुष्पकमल दाहाल

नेकपा एमालेसँग तत्काल सहकार्य नहुने पनि उनको भनाइ थियो।

    • बेल संचार

    • १७ भाद्र २०७९, शुक्रबार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू चितवन क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने बताएका छन्।

सुर्खेतमा आज बिहान पत्रकारहरूसँग कुराकानी गर्दै उनले आगामी मंसिर ४ को चुनावमा आफू चितवन ३ बाटै चुनाव लड्ने बताएका हुन्।

‘मैले पहिलेदेखि नै भन्दै आएको छु- म चितवन ३ बाटै चुनाव लड्ने हो,’ उनले भने, ‘यसमा प्रष्ट हुनुहोला।’

गोरखा १ लगायत विभिन्न क्षेत्रबाट प्रचण्डलाई उम्मेदवार हुन सिफारिस गरिएका छन्। तर उनले चितवन ३ नछाड्ने प्रष्टाएका छन्।

उनले सत्ता गठबन्धनभित्र सिट बाँडफाँटबारे सहमतिनजिकै पुगिसकेको बताए। आज पनि सिट बाँडफाँटबारे थप छलफल हुने उनको भनाइ छ।

गठबन्धनलाई थप प्रभावकारी बनाएर लैजाने उनले बताए।

नेकपा एमालेसँग तत्काल सहकार्य नहुने पनि उनको भनाइ थियो।

‘एमालेसँग सहकार्यबारे अहिले तत्काल केही देखिएको छैन। एमालेसँग हामीले भन्दै आएको कुरा के हो भने, संसद विघटनलगायत कुरा आत्मसमीक्षालगायत प्रष्ट नभइकन सहकार्य हुने देखिँदैन,’ उनले भने।

उनले नेकपा एकीकृत समाजवादी र माओवादी साझा घोषणा पत्र बनाएर चुनाव जाने पनि बताए। तर चुनाव चिन्ह भने आ-आफ्नै उनले उनको भनाइ थियो।

पार्टी एकताका लागि संयोजन समिति पनि गठन गरिने उनको भनाइ थियो।

‘नेकपा एकीकृत समाजवादीसँग एक खालको एकताको तयारी गर्दैछौं। पार्टी एकता संयोजन समिति बन्ने सम्भावना छ,’ प्रचण्डले भने।

बाबुराम भट्टराई र वामदेव गौतम हँसिया हतौडाबाट चुनाव लड्ने सहमति भएको पनि उनले बताए।

साताकाे चर्चित
सम्बन्धित