सिंजा गाउँपालिकाका १०० दिन
सिंजा गाउँपालिकाका १०० दिन
    • Bell Sanchar

    • १७ भाद्र २०७९, शुक्रबार

बिहीबार सिंजा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले प्रगति सार्वजनिक गरेका हुन्।

पहिलो पटक खस भाषबाट आर्थिक वर्ष २०७९/०८० को निति तथा कार्यक्रम प्रस्तुतगरेकाे विषयलाई प्राथमिकता मानेकाे सिंजाले ४२ बुँदामा सय दिनकाे गतिविधि सार्वजनिक गरेकाे हाे।

आर्थिक वर्ष सकिने बित्तिकै सार्वजनिक सुनुवाई गरेकाे सिंजाले, स्वास्थ, शिक्षा, यातायात, संचार लगायतका गतिविधिलाई बुँदागत रुपमा लिपिबद्ध गरेकाे हाे।

हरेक महिनाकाे एक गते हाट बजार सञ्चालन को सुरुवात गरेकाे छ। जसले सिंजाकाे ऐतिहासिक हाटकाे स्मरण गराएकाे छ।

१. सार्वजानिक सुनुवाई सम्पन्न।
२. टेलिफोन टावर सुचारु।
३. सिजा खोला एफ.एम सञ्चालन ।
४. पहिलो पटक खस भाषबाट आर्थिक वर्ष २०७९–०८० को निति तथा कार्यक्रम प्रस्तुत।
५. गाउँपालिकाको आफ्नै प्रशासकीय भवन सञ्चालन गरेको।
६. सिंजा गाउँपालिका प्रत्यक महिनाको १ गते हाट बजार सञ्चालन को सुरुवात ।
७. धिताललिही बत्तिको बाध मर्मत गरी बत्ति  सञ्चालनमा ल्याएको।
८. वर्षायमको पहिरोले गर्दा अवरुद्ध विभिन्न ठाउँका सडक मर्मत गरी सञ्चालन मा ल्याएको।
९. वडा नम्बर ५ मा वृहत खानेपानिको सर्वेक्षण गरिएको।
१०. नदिजन्य गिट्टी वालुवाको आ.इ.इ का लागि प्रक्रिया अगाडि बढाएको।
११. विद्यालयमा गुणस्तर शिक्षा सुधार अभियान गरेको।
१२. विद्यालयमा शिक्षामा सुधार गर्नको लागि प्र.अ र वि.व्या.स सँग अन्तरक्रिया कार्यक्रम गरेको।
१३. विद्यालय अनुगमन गरि विद्यालयको समस्या लाई पहिचान गरि समस्यालाई सुधार गरियो।
१४. विज्ञ समुह गठन र सुझबको लागि प्रस्ताव पेश गरियो।
१५. सिंजा गाउँपालिकामा रहेको स्वास्थ्य केन्द्र सुधार गरी सञ्चालन मा ल्याइयो।
१६. सिंजा गाउँपालिकामा ल्याप स्थापना प्रक्रिया सुरु।
१७। एम.वि.वि.एस डक्टर उपलब्ध गर्ने सहमति भएको।
१८. सिंजा गाउँपालिकामा कार्यरत करार कर्मचारीहरुको नायाँ करार सम्झौता गरियो।
१९. सामाजिक सुरक्षा भत्ता समयमै वितरण गर्ने गरियो।
२०. निति तथा कार्यक्रम र बजेटको विषयमा सर्वदलीय सुझाव संकलन गरि निति तथा कार्यक्रक पेश गरियो।
२१. नापी मालपोत र कृषि विकास बैंक स्थापनका लागि प्रक्रिया अगाडि बढाइएको।
२२. शान्ति जन आधरभुत विद्यालयमा कक्षा कोठामा पि.सि.सि सम्पन्न गरेको।
२३. आवश्यकता परेका विद्यालयहरुमा स्वोयम सेवक शिक्षकहको विज्ञापन गरियो।
२४. प्रधान मन्त्री रोजगार कार्यक्रम अन्तरर्गत रोजगार सहायक कर्मचारी विज्ञापन गरियो।
२५. स्वास्थ्य चौकीमा ल्याव टेक्नीसिनयान र ल्याव असिस्टेन साहयक पाचौं र चाैथो तहमा विज्ञापन गरियो।
२६. निःशुल्क स्वास्थ्य शिविर, जेष्ठ नागरिक सम्मान कार्यक्रम।
२७. महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई वहिरङ्ग उपचार केन्द्र सञ्चालन र पोषण परामर्श पालिका स्तरीय कार्यक्रम।
२८. महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका आधारभुत तालिम पालिका स्तारीय।
२९. धापा स्वास्थ्य चौकीमा पोषण मैत्री र किशोर किशोरी मैत्री संख्या घोषणा।
३०. आमा सुरक्षा सँग सम्बन्धी आपश्यक पर्ने औषधी उपकरण व्यवस्थापन धापा, नराकोट र सानिगाउँ स्वास्थ्य चौकीमा कार्यक्रम।
३१. सिंजा गाउँपालिका स्तारीय जनप्रतिनिधि र सरोकारवाला सस्था स्वास्थ्य समस्या तथा सामाधानको उपायवारे छलफल अन्तरक्रिया कार्यक्रम।
३२. सिंजा गाउँपालिकाको स्वास्थ्य निति तथा कार्यक्रम।
३३. सिंजा गाउँपालिका वडा नम्बर २ विष्टवाडा आधारभुत स्वास्थ्य केन्द्र उद्घाटन कार्यक्रम तथा कर्मचारी व्यवथापन र सञ्चालन।
३४. सिंजा गाउँपालिका वडा नम्बर ६ को आधारभुत स्वास्थ्य केन्द्र उद्घाटन कार्यक्रम तथा कर्मचारी व्यवथापन र सञ्चालन ।
३५. आर्थिक वर्ष २०७९÷०८० सालमा वडा बाट पोसिलो पिठो वितरण हजार दिनका आमाहरुलाई संचलन प्रक्रिया सुरु।
३६. विश्व स्तनपान सप्ताह कार्यक्रम सम्पन्न।
३७. पालिका स्तारीय स्वास्थ्य क्षेत्रको आर्थिक वर्ष २०७८–२०७९ को वार्षिक समिक्षा गोष्ठी कार्यक्रम सञ्चालन जिल्लामा पहिलो।
३८. वडा नम्बर २ मा आधारभुत स्वास्थ्यकेन्द्र विष्टवाडा वर्थिङ सेन्टर सञ्चालन को लागि जिल्ला जन स्वास्थ्य सेवा कार्यालयबाट अनुमति प्राप्त।
३९. नराकोट स्वास्थ्य चौकीमा डाक्टरको व्यवस्थापनको लागि कर्णाली स्वास्थय विज्ञान प्रतिष्ठान बाट डाक्टरको लागि पहल कागजि प्रक्रिया अगाडि बढाएको।
४०. नराकोट स्वास्थ्य चौकी रवडा नम्बर २ प्रयोगशालाको कर्मचारीको लागि विज्ञापन भइसकेको।
४१. जेष्ठ नागरिक घर दैलोकार्यक्रमको कागजी प्रक्रिया अगाडी बढाएको।
४२. वडा नम्बर ४ मा आधारभुत स्वास्थ्य केन्द्रको कर्मचारी व्यवस्थापन भई सकेको।

साताकाे चर्चित
सम्बन्धित