प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियार नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नम्बर ६ मा समानुपातिकतर्फ उम्मेदवार सिफारिस भएका छन्।
मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि प्रत्यक्ष र समानुपातिकतर्फ कांग्रेसले हिजोआज धमाधम उम्मेदवार सिफारिस गरिरहेको छ।
काठमाडौं क्षेत्र नम्बर ६ ले समानुपातिकतर्फ पुरूषमा परियारको एकल नाम मात्रै सिफारिस गरेको छ।
उनी सोही क्षेत्रबाट कांग्रेस महाधिवेशन प्रतिनिधि छन्।