नयाँबसपार्कको कान्तिपुर मल दशैँ योजना : मोटरसाइकलदेखि टेलिभिजनसम्म उपहार
नयाँबसपार्कको कान्तिपुर मल दशैँ योजना : मोटरसाइकलदेखि टेलिभिजनसम्म उपहार
    • Bell Sanchar

    • १७ भाद्र २०७९, शुक्रबार

काठमाडौँ, १७ भदौ ।

काठमाडौँको गोँगबुस्थित नयाँबसपार्क भित्र रहेको कान्तिपुर मलमा दशैँ, तिहार तथा छठ पर्वको अवसरमा सामान किन्ने ग्राहकले मोटरसाइकल उपहार पाउने भएका छन् । काठमाडौँ महानगरपालिका वडा नं २६ मा विस २०६३ फागुनबाट सञ्चालनमा आएको कान्तिपुर मलले हरेक वर्ष झैँ यसवर्ष पनि दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी उपहार योजना सुरु गरेको छ ।

कान्तिपुर मलले सुरु गरेको उक्त उपहार योजना भदौ १६ गतेदेखि नै लागू हुने मलका महाप्रबन्धक अमर निरौलाले जानकारी दिनुभयो ।

भदौ १६ देखि छठ पर्वसम्म कान्तिपुर मलभित्र रु एक हजारभन्दा बढी मूल्य बराबरको सामान किन्ने ग्राहकलाई एउटा कुपन प्रदान गरिने र सो कुपनको आधारमा विजेता घोषणा गरिने महाप्रबन्धक निरौलाको भनाई छ । उपहार योजनामा प्रथम पुरस्कार १५० सिसिको यामाह मोटरसाइकल, दोश्रो पुरस्कार १२५ सिसिको यामाहा स्कुटर र तेश्रो पुरस्कार ४३ इन्चको एमआई कम्पनीको एलईडि टेलिभिजन प्राप्त गर्नेछन् ।

यस्तै, चाँैथो पुरस्कार सामसुङ कम्पनीको २०० लिटरको फ्रीज र अन्य १० जनालाई सान्त्वना पुरस्कारस्वरुप घडी, आइरनलगायतका उपहार प्रदान गरिनेछ । झण्डै २०० सटर रहेको उक्त मलमा बैँक तथा वित्तिय संस्था, सैलुन, गुदपाक भण्डार, लत्ताकपडा पसल, इलेक्ट्रोनिक्स पसल, रेष्टुरेन्टलगायत रहेको छ ।

काठमाडौँभित्रको पुरानो सपिङ मल भएको कारण उक्त मलमा सुपथ मूल्यमा गुणस्तरीय सामान प्राप्त गरिने कान्तिपुर मल व्यापार संघका उपाध्यक्ष रमेश गौतमले बताउनुभयो ।

साताकाे चर्चित
सम्बन्धित