समाजवादीबाट को-को भए उम्मेदवार सिफारिस? बाबुराम गोरखा २ मा उठ्ने,
समाजवादीबाट को-को भए उम्मेदवार सिफारिस? बाबुराम गोरखा २ मा उठ्ने,

यस्तै क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र (क) मा गोपालबाबु श्रेष्ठ, ज्योति कोइराला र कुमार गुरूङ उम्मेदवार सिफारिस भएका छन्।

    • बेल संचार

    • १९ भाद्र २०७९, आईतवार

नेपाल समाजवादी पार्टी गोरखाले पार्टीका केन्द्रीय अध्यक्ष बाबुराम भट्टराईलाई गोरखा २ बाट सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ।

सिफारिसअनुसार भट्टराई गोरखा २ बाट मंसिरमा हुने प्रतिनिधि सभातर्फ प्रत्यक्ष उम्मेदवार हुनेछन्।

तर भट्टराईले हँसिया हतौडा चुनाव चिन्हबाट उठ्ने भएकोले नेकपा माओवादीसँग उनले छलफल गर्न बाँकी छ।

भट्टराईले शनिबार गोरखामा पत्रकारहरूसँग कुराकानी गर्दै आफू गोरखा २ मै चुनाव लड्ने बताएका थिए।

शनिबार गोरखामा बसेको नेपाल समाजवादीको विस्तारित बैठकले प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि पार्टीबाट उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको थियो।

प्रतिनिधि सभा क्षेत्र नम्बर १ का लागि जिल्ला अध्यक्ष यानप्रसाद भट्ट र नेपाल समाजवादी विद्यार्थी युनियनका निवर्तमान अध्यक्ष रूपनारायण श्रेष्ठ सिफारिस भएका छन्।

यस्तै क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र (क) मा गोपालबाबु श्रेष्ठ, ज्योति कोइराला र कुमार गुरूङ उम्मेदवार सिफारिस भएका छन्।

क्षेत्र नम्बर १ को (ख) तर्फ राजेन्द्र पराजुली उम्मेदवार सिफारिस भए।

क्षेत्र नम्बर २ प्रदेश सभा क्षेत्र (क) मा पूर्वसभासद ज्ञानेन्द्र कुमाल, दुर्गा भट्टराई र उपेन्द्र देवकोटा उम्मेदवार सिफारिस भए भने क्षेत्र ख का लागि रमेश पोखरेल र धनमाया लामा उम्मेदवार सिफारिस भएका छन्। लामा अहिले गण्डकी प्रदेश सभा सदस्य छिन्।

साताकाे चर्चित
सम्बन्धित