शंकर पोखरेल एकल सिफारिस दाङ २ बाट
शंकर पोखरेल एकल सिफारिस दाङ २ बाट

क्षेत्रीय समितिले पोखरेलेको नाम सर्वसम्मत उम्मेदवारका रुपमा सिफारिस गरेको हो ।

    • बेल संचार

    • १९ भाद्र २०७९, आईतवार

दाङ

दाङ क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभाको निर्वाचनका लागि एमालेले पार्टी महासचिव शंकर पोखरेलको नाम सिफारिस गरेको छ ।

क्षेत्रीय समितिले पोखरेलेको नाम सर्वसम्मत उम्मेदवारका रुपमा सिफारिस गरेको हो ।

पोखरेल २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्यका लागि क्षेत्रनम्वर २ (क) बाट निर्वाचित भएका थिए ।

मुख्यमन्त्री बन्ने शर्तमा २०७४ को चुनाव प्रदेश सभमा लडेका उनी यसपाली भने प्रतिनिधि सभामा सिफारिस भएका हुन् ।

उनी लुम्बिनी प्रदेशको पूर्व मुख्यमन्त्री पनि हुन् ।

साताकाे चर्चित
सम्बन्धित