गच्छदारलाई धरौटीमा छाड्ने न्यायाधीशलाई काजमा पठाउन खोज्दा कानुनमन्त्रीले रोके ,चोलेन्द्रको दाबी
गच्छदारलाई धरौटीमा छाड्ने न्यायाधीशलाई काजमा पठाउन खोज्दा कानुनमन्त्रीले रोके ,चोलेन्द्रको दाबी

‘नयाँ कानुनमन्त्री आउनुभयो, उहाँले समय माग्दै माग्दै जानुभयो । त्यसपछि असार भयो, साउन, भदौ असोज भयो ।’

    • बेल संचार

    • १९ भाद्र २०७९, आईतवार

काठमाडौं

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले विजय गच्छदारलई धरौटीमा छाड्ने न्यायाधीशहरुलाई कारबाही गर्न कानुनमन्त्रीले साथ नदिएको आरोप लगाएका छन् ।

ललिता निवास जग्गा प्रकरणमा मुद्दा लागेपछि फरार रहेका पूर्व उपप्रधामन्त्री गच्छदार, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको भोलिपल्ट विशेष अदालतमा हाजिर भएका थिए । विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की, सदस्यहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले गच्छदारलाई १० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

महाअभियोग सिफारिस समितिमा आइतबार बयान दिएका जबराका अनुसार न्यायाधीशहरुमाथि प्रश्न उठेपछि अन्यत्र काजमा खटाउन खोजिएको थियो ।

नेपाल बार एशोसिएसनसँग भएको सहमति अनुसार आफूले काजमा पठाउने निर्णय गरेको भन्दै उनले भने, ‘नयाँ कानुनमन्त्री आउनुभयो, उहाँले समय माग्दै माग्दै जानुभयो । त्यसपछि असार भयो, साउन, भदौ असोज भयो ।’

साताकाे चर्चित
सम्बन्धित