प्रचण्ड सर्वसम्मत सिफारिस चितवन ३ बाट
प्रचण्ड सर्वसम्मत सिफारिस चितवन ३ बाट

प्रचण्ड ०७४ को निर्वाचनमा त्यहीँबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।

    • बेल संचार

    • १९ भाद्र २०७९, आईतवार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि  चितवन क्षेत्र नम्बर ३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन्।

आइतबार चितवन क्षेत्र नम्बर ३ को क्षेत्रीय निर्वाचन परिचालन समितिले प्रचण्डलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको नेता गोपाल न्यौपानेले जानकारी दिए।

प्रचण्ड ०७४ को निर्वाचनमा त्यहीँबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।

बैठकले चितवन–३ अन्तर्गतका दुवै प्रदेशसभाका लागि समेत प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस गरेको छ ।

प्रदेश ३ (क) मा प्रकाश कँडेलसहित तीन जना र  ३ (ख) मा गोपाल न्यौपानेसहित ८ जनाको नाम सिफारिस भएको छ।

साताकाे चर्चित
सम्बन्धित