यस्तो छ मणि रत्नम निर्देशित फिल्म ‘पिएस १’को ट्रेलर (भिडिओ)
यस्तो छ मणि रत्नम निर्देशित फिल्म ‘पिएस १’को ट्रेलर (भिडिओ)

यस फिल्मले हजार साल पुरानाे भारतको चोल साम्राज्यको कथा बताउँछ।

    • Bell Sanchar

    • २३ भाद्र २०७९, बिहीबार

दक्षिण भारतीय फिल्म ‘पोन्नियन सेल्वान (पिएस १)’को ट्रेलर सार्वजनिक भएको छ।

बुधबार फिल्मको ट्रेलर हिन्दीसहित पाँच भाषामा सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा चियान विक्रम, ऐश्वर्या राय बच्चन, जयराम रवि, सरथकुमार, प्रभु, अश्विन काकुमानद लगायतलाई देख्न सकिन्छ।

यस फिल्मले हजार साल पुरानाे भारतको चोल साम्राज्यको कथा बताउँछ। फिल्ममा ऐश्वर्याले रानी नन्दिनीको भूमिका निर्वाह गरेकी छन्।

मणि रत्नमले निर्देशन गरेको फिल्ममा चियान विक्रम, ऐश्वर्या राय बच्चन, जयराम रवि, सरथकुमार, प्रभु, अश्विन काकुमानद, शोविता धुलिपल लगायतको अभिनय छ। फिल्म १९५५ को कल्की कृष्णमूर्तिको उपन्यास ‘पोन्नियन सेल्वान’ आधारित छ।

यो फिल्म आगामी ३० सेप्टेम्बरमा हिन्दी, तमिल, तेलुगु, मलयालम र कन्नड भाषामा प्रदर्शन हुनेछ।

साताकाे चर्चित
सम्बन्धित