अस्तव्यस्त काठमाडौंका खुला ठाउँ
अस्तव्यस्त काठमाडौंका खुला ठाउँ

फाेटाे फिचर

    • Bell Sanchar

    • २५ भाद्र २०७९, शनिबार

काठमाडौंमा टहलिनको लागि खुला ठाउँको अभाव छ। उपत्यकाभित्र यस्ता सायदै ठाउँ होलान् जहाँ केही समयका लागि टहलिन मिल्ने ठाउँ छन्।

काठमाडौं बस्तीहरूले भरिएको सहर हो। मानिसको भिड र अव्यवस्थित बसोबासका कारण खाली ठाउँ प्रायः शून्य छ। खुला ठाउँको अभाव काठमाडौं उपत्यकाभर नै छ। यसको मुद्दा बेलाबेलामा नउठेको पनि होइन। तर समस्या पनि ज्यूँका त्यूँ छ। समस्या समाधानको बुटी फेला पर्न सकेको छैन।

खाली ठाउँ हुनुपर्छ भन्ने पाठ त हामीलाई वि.सं. २०७२ सालको भूकम्पले पनि सिकाएर गएको छ। तर गएको कुराको वास्ता गरेको सम्बन्धित पक्षबाट पाइँदैन। काठमाडौं उपत्यकामा खुला ठाउँ नभएका होइनन् तर बिस्तारै हराउँदै र मेटिँदै गएका छन्।

खुला ठाउँ कसले गायब बनायो यो सोधको विषय बन्नसक्छ। टुँडिखेल, रत्नपार्क, तीनकुनेको घाँसे मैदान, सिफल चौर, पुल्चोकको मदन स्मारक, पशुपति मन्दिर परिसर, लगनखेलको सप्तपाल पोखरी, गोदावरीस्थित बोटानिकल गार्डेन, भृकुटीमण्डपस्थित टहरा, चापागाँउको बज्रवाराही क्षेत्र खुला ठाउँ थिए कुनै बेलामा। तर आज यी कुनै पनि ठाउँ खुला छैनन्। अतिक्रमण, व्यावसायिक प्रयोजकनले सबै खुला ठाउँ मासिएका छन्।

बालबालिकालाई रमाउन, वृद्धवृद्धाका लागि टहलिन र युवापिँढीका लागि थकान मेटाउने यस्ता ठाउँको अभाव दिनप्रतिदिन बढ्दै गएको छ। खाली भएका स्थानको पनि पुनःनिर्माण हुन नसक्दा अस्तव्यस्त बनेका छन्। हेर्नुस् न्युज एजेन्सी नेपालले खिचेको : फाेटाे फिचर

 

 

 

साताकाे चर्चित
सम्बन्धित