एसिया कप च्याम्पियन श्रीलंकालाई करोडौं पुरस्कार, पाकिस्तानले कति पायो?
एसिया कप च्याम्पियन श्रीलंकालाई करोडौं पुरस्कार, पाकिस्तानले कति पायो?

उपविजेता बनेको पाकिस्तानले ७५ हजार डलर अर्थात करिब ९५ लाख ३६ हजार रूपैयाँ पुरस्कारमा चित्त बुझायो। 

    • Bell Sanchar

    • २७ भाद्र २०७९, सोमबार

युएई गए राती सम्पन्न एसिया कप २०२२ को उपाधि श्रीलंकाले जितेको छ।

श्रीलंकाले फाइनलमा पाकिस्तानलाई २३ रनले हराउँदै छैठौं संस्करणको उपाधि जितेको हो। खेलमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७० रन बनाएको थियो। १७१ रनको लक्ष्य पछ्याएको पाकिस्तानले २० ओभरमा अलआउट हुँदै १४५ रन मात्र बनाउन सक्यो।

जितपछि च्याम्पियन श्रीलंकाले ट्रफीसहित १ लाख ५० हजार अमेरिकी डलर अर्थात करिब एक करोड ९१ लाख रूपैयाँ पुरस्कार पाएको छ। उपविजेता बनेको पाकिस्तानले ७५ हजार डलर अर्थात करिब ९५ लाख ३६ हजार रूपैयाँ पुरस्कारमा चित्त बुझायो।

त्यसैगरी प्लेयर अफ दि टुर्नामेन्ट भएका श्रीलंकाका वानिन्दु हसरंगाले १५ हजार डलर अर्थात १९ लाख ७ हजार र प्लेयर अफ दि म्याच श्रीलंकाकै भानुका राजापाक्षेले ५ हजार डलर अर्थात करिब ६ लाख ३६ हजार रूपैयाँ प्राप्त गरे।

पाकिस्तानविरुद्धको फाइनल खेलमा प्लेयर अफ द म्याच बनेका भानुका राजापाक्षेले १५७.७७ को स्ट्राइक रेटमा ७१ रनको नटआउट पारी खेले। राजापाक्षेको इनिङ्सका कारण श्रीलंकाको टोलीले १७० रन बनाउन सक्यो। राजापाक्षेको अर्धशतकीय पारीमा ६ चौका र ३ छक्का सामेल थिए।

श्रीलंकाका अलराउन्डर वानिन्दु हसरंगाले प्रतियोगिताभर ब्याट र बल दुबैमा उत्कृष्ट प्रदर्शन गरे। २५ वर्षिय खेलाडीले पूरै प्रतियोगितामा ६६ रन बनाएका थिए भने ९ विकेट पनि लिएका थिए। फाइनलमा उनको लिएको ३ विकेटले पूरै खेल नै बदलिदियो।

उनले पाकिस्तानी इनिङ्सको १७ औं ओभरमा तीन ब्याट्सम्यान रिजवान (५५), आसिफ अली (०) र खुशदिल शाह (२) रनमा आउट गर्दै खेललाई श्रीलंकाको पक्षमा पारेका थिए।

साताकाे चर्चित
सम्बन्धित