कीर्तिमानी कमाई गरिरहेको ब्रम्हास्त्रले तीन दिनमा कति कमायो?
कीर्तिमानी कमाई गरिरहेको ब्रम्हास्त्रले तीन दिनमा कति कमायो?

घरेलु क्षेत्रमा ओपनिङ वीकेन्डमा १०० करोड कमाउने यो सातौं बलिउड फिल्म बनेको छ। 

    • Bell Sanchar

    • २७ भाद्र २०७९, सोमबार

 

काठमाडौं,

रणवीर कपुर र आलिया भट्ट स्टारर फिल्म ‘ब्रह्मास्त्र’ ले बक्स अफिसमा कीर्तिमानी कमाई गरिरहेको छ।

शुक्रबार रिलिज भएको फिल्मले भारतमा मात्र पछिल्लो ३ दिनमा १०० करोड भन्दा बढी कमाई गरिसकेको छ।

घरेलु क्षेत्रमा ओपनिङ वीकेन्डमा १०० करोड कमाउने यो सातौं बलिउड फिल्म बनेको छ।

अयान मुखर्जीको निर्देशनमा बनेको फिल्मले ३ दिनमा हिन्दीमा १०५.५० करोडदेखि १०६.५० करोड रुपैयाँसम्म कलेक्शन गरेको छ।

४१० करोड लगानीमा बनेको अयान मुखर्जीको निर्देशनमा बनेको ब्रह्मास्त्रले भारतमा पहिलो दिन ३६ करोड कमाएको थियो। योसँगै

फिल्मले दोस्रो दिन ४२ करोडभन्दा बढी कमाएको छ। यस्तै तेस्रो दिन ४२ करोड कमाइ गरेको छ।

योसँगै ट्रेड पण्डितहरूका अनुसार फिल्मले पहिलो साताको अन्त्यमा भारतमा मात्र २०० करोडको आँकडा छुनेछ।

यो हिन्दी फिल्मको लागि अहिलेसम्मकै तेस्रो वा चौथो ठूलो सप्ताहन्त रेकर्ड भएको बलिउड हंगामाले जनाएको छ।

पहिलो दिन फिल्मको ग्लोबल कलेक्सन ७५ करोड थियो। दोस्रो दिन अर्थात शनिबार फिल्मले ८५ करोडको व्यापार गरेको थियो।

यस्तै तेस्रो दिन अर्थात आइतबार फिल्मले ८० करोडको विश्वव्यापी ब्यापार गरेको छ।

कोरोना महामारीपछिको यो पहिलो हिन्दी फिल्म हो, जसले ३ दिनमै २४० करोड कमाएको छ।

यस फिल्ममा रणवीर–आलियाका अलावा नागार्जुन, अमिताभ बच्चन, शाहरुख खान र मौनी रोयको पनि महत्वपूर्ण भूमिका छ। एजेन्सी

साताकाे चर्चित
सम्बन्धित