समिक्षाले भनिन्-क्षतिपूर्ति बापतको उक्त रकम लिने मेरो मनसाय पनि छैन
समिक्षाले भनिन्-क्षतिपूर्ति बापतको उक्त रकम लिने मेरो मनसाय पनि छैन

फेसबुकमा मंगलबार बेलुका स्टाटस लेख्दै ती किशोरीले क्षतिपूर्ति बापतको रकम लिने आफ्नो मनसाय नरहेको उल्लेख गरेकी छन् ।

    • बेल संचार

    • २९ भाद्र २०७९, बुधबार

काठमाडौं

पल (पूर्णविक्रम) शाह प्रकरणमा ‘पीडित किशोरी’ले अदालतको फैसलाअनुसार आफूले क्षतिपूर्ति बापतको रकम नलिने बताएकी छन् ।

फेसबुकमा मंगलबार बेलुका स्टाटस लेख्दै ती किशोरीले क्षतिपूर्ति बापतको रकम लिने आफ्नो मनसाय नरहेको उल्लेख गरेकी छन् ।

यसैसाता नवलपुर जिल्ला अदालतले बाल यौन दुरुपयोगको आरोपमा कलाकार शाहलाई दोषी ठहर गर्दै साढे २ वर्ष कैद र १० लाख क्षतिपूर्ति दिन आदेश दिएको थियो । तर, बलात्कारको मुद्दामा पलले सफाइ पाएका थिए ।

पीडित किशोरी लेख्छिन्, ‘मैले क्षतिपूर्ति बापत वा अन्य कुनै पनि रकम माग गरेकी र लिएकी छैन ।

क्षतिपूर्ति बापतको रकम लिने मेरो मनसाय पनि छैन । म आफ्नो अस्मिता रक्षाका लागि आफ्नो ठाउँमा अडिग छु ।

यहाँहरुको साथ सहयोग र सकारात्मक विचारले मेरो सांगीतिक क्षेत्रमा समेत सहयोग पुग्ने आशा लिएकी छु ।’

साताकाे चर्चित
सम्बन्धित