भक्तपुर अस्पतालको मेसुमा डा गौतम   
     भक्तपुर अस्पतालको मेसुमा डा गौतम   

बुधबार दोस्रोपटक सो पदमा पदबहाली गर्दै उहाँले बालबालिकाको ‘ओपिडी सेवा’ निःशुल्क गर्नेे जानकारी दिनुभयो ।    

    • Bell Sanchar

    • ३० भाद्र २०७९, बिहीबार

भक्तपुर,
बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले भक्तपुर अस्पतालको मेडिकल सुपरिटेण्डेन्टमा डा सुमित्रा गौतमलाई नियुक्त गरेको छ । बुधबार दोस्रोपटक सो पदमा पदबहाली गर्दै उहाँले बालबालिकाको ‘ओपिडी सेवा’ निःशुल्क गर्नेे जानकारी दिनुभयो ।

त्यस्तै अस्पतालमा आउने बेवारिसे बिरामीको उपचार निःशुल्क गर्ने र बेवारिसे शवको व्यवस्थापनसमेत निःशुल्क गर्ने उहाँले बताउनुभयो । यसअघि अस्पताल प्रशासनले बेवारिसे बिरामीको उपचार नगरी फर्काउने गरेको र विगतमा गर्दै आएको बेवारिसे शवको व्यवस्थापनसमेत रोकेको थियो ।

भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवालले समिति र अस्पताल व्यवस्थापन पक्षको संयुक्त प्रयासले अस्पताललाई उत्कृष्ट बनाइने बताउनुभयो ।
कोरोमा महामारीको जटिल अवस्थामा मेसु डा गौतमले पहिलोपटक पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन, कोरोना उपचार सेवा एवं भेन्टिलेटरसहितको कोरोना आइसीयू, बच्चाका लागि एनआइसीयू, एचडीयूलगायत अन्य विभिन्न सेवा विस्तार गर्नुभएको थियो ।

साथै अस्पतालले समग्र मूल्याङ्कनमा ८२ अङ्क प्राप्त गरी विसं २०७७ मा प्रदेश अस्पतालमा सर्वोउत्कृष्ट अस्पताल घोषणा भई पुरस्कार प्राप्त गर्न सफल भएको थियो । अस्पतालले गुणस्तरीय सेवा विस्तार र सहज उपचार सञ्चालन गरेपछि अस्पतालमा दैनिक आठ सयदेखि एक हजारसम्म बिरामीको चाप बढेको थियो ।
मेसु डा गौतमले भक्तपुर अस्पताललाई उत्कृष्ट बनाउने, बन्द भएका सेवा तत्कालै सञ्चालन गर्ने, बेतिथिलाई रोक्ने, भक्तपुर र पूर्वका विभिन्न जिल्लाबाट आउने बिरामीलाई उपचारका लागि सिफारिस भएर जानु नपर्ने गरी सेवा सञ्चालन गरिने जानकारी दिनुभयो ।

साताकाे चर्चित
सम्बन्धित