तारकेश्वरद्वारा डेङ्गु नियन्त्रणलाई चार अभियान सञ्चालन   
    तारकेश्वरद्वारा डेङ्गु नियन्त्रणलाई चार अभियान सञ्चालन   

नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले डेङ्गुु नियन्त्रणका लागि नगरपालिकाले जनचेतना, लामखुट्टे नियन्त्रण,

    • Bell Sanchar

    • ३० भाद्र २०७९, बिहीबार

काठमाडौँ,
काठमाडौँको तारकेश्वर नगरपालिकाले डेङ्गु नियन्त्रणका लागि एकैपटक चार अभियान सञ्चालन गरेको छ ।

नगरपालिकाभित्र दिनानुदिन डेङ्गुु सङ्क्रमितको सङ्ख्या बढेसँगै तारकेश्वरले वडास्तरमा विभिन्न कार्यक्रम बनाएर स्वास्थ्यकर्मीलाई परिचालन गरेको हो ।

नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले डेङ्गुु नियन्त्रणका लागि नगरपालिकाले जनचेतना, लामखुट्टे नियन्त्रण, डेङ्गुुको परीक्षण र उपचारलाई सँगसँगै अगाडि बढाएको जानकारी दिनुभयो । उहाँका अनुसार तारकेश्वरको फुटुङ, काभ्रेस्थली, नेपालटार, मनमैजुलगायतका क्षेत्रमा डेङ्गुुका बिरामी बढी पाइएको छ ।

यस्तै, तारकेश्वरले डेङ्गुु नियन्त्रणका लागि जनचेतनासहित माईकिङ गर्नुका साथै सार्वजनिकस्थल तथा विद्यालय क्षेत्रमा पर्चा पम्प्लेट र जनचेनतामूलक सामग्री टाँसेको छ । सो नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा डेङ्गुु नियन्त्रणका लागि जनचेतनासहित सरसफाइ कार्यक्रम सञ्चालन, सार्वजनिक स्थानमा कीटनाशक औषधि छर्ने व्यवस्थासमेत गरेको छ । यसैगरी, उच्च ज्वरो भएका बिरामीको डेङ्गुु परीक्षण गर्न सबै वडाका स्वास्थ्यचौकीमा परीक्षण कीटको व्यवस्था गरेको नगरप्रमुख महर्जनले बताउनुभयो ।

डेङ्गुुका बिरामीलाई सबै वडाका स्वास्थ्यचौकीमा प्यारासिटामोलको व्यवस्था गर्नुका साथै डेङ्गुुका सिकिस्त बिरामीका लागि अस्पताल लैजान नगरपालिकामा एम्बुलेन्सको व्यवस्था गरिएको सो नगरपालिकाले जनाएको छ । सीमित स्रोत र साधनका बीच डेङ्गुु नियन्त्रणका लागि नगरपालिकाले काम गरिरहेको नगरप्रमुख महर्जनको भनाइ छ ।

साताकाे चर्चित
सम्बन्धित