‘झिंगेदाउ’ले साढे दुई करोड कमाउँदा ‘प्रकाश’ डेढ करोडमा समेटियो
‘झिंगेदाउ’ले साढे दुई करोड कमाउँदा ‘प्रकाश’ डेढ करोडमा समेटियो

झिंगेदाउ’को कुल कलेक्सन तीन करोड रुपैयाँ ग्रस हुने अनुमान गरिएको छ ।

    • Bell Sanchar

    • ३१ भाद्र २०७९, शुक्रबार

काठमाडौं

ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिंगेदाउ’ शुक्रबारदेखि तेस्रो सातामा प्रवेश गरेको छ । नयाँ फिल्म रिलिज नहुँदाको बक्स अफिस फाइदा यो फिल्मले उठाउने पक्कापक्की छ ।

चलचित्र विकास बोर्डको बक्स अफिस विवरणअनुसार बिहीबार बेलुकासम्म केकी अधिकारी र मुकुन भुसाल अभिनित फिल्मले २ करोड ५५ लाख २६ हजार रुपैयाँ ग्रस कमाएको छ ।

बक्स अफिस जडान नभएका हल र हलले वितरकलाई उपलब्ध गराउने हिसाब समेत जोड्दा ‘झिंगेदाउ’को कुल कलेक्सन तीन करोड रुपैयाँ ग्रस हुने अनुमान गरिएको छ ।

बोर्डकै डेटाअनुसार बिहीबारसम्म (२१ दिन)को कमाइ हेर्दा ‘प्रकाश’ले १ करोड ४६ लाख रुपैयाँ ग्रस कमाएको छ ।

बक्स अफिस जडान नभएका हल र हलले वितरकलाई उपलब्ध गराउने हिसाब समेत जोड्दा प्रकाशको कुल कमाइ २ करोड ८० देखि ९० लाख आसपास हुने अनुमान छ ।

साताकाे चर्चित
सम्बन्धित