फोहर ब्यबस्थापन संगै सामाजिक रुपान्तरणको दिशामा अगाडी बढ्दै स्वतन्त्र नागरिक वातावरण सफाइ अभियान
फोहर ब्यबस्थापन संगै सामाजिक रुपान्तरणको दिशामा अगाडी बढ्दै स्वतन्त्र नागरिक वातावरण सफाइ अभियान
    • Bell Sanchar

    • १ आश्विन २०७९, शनिबार

काठमाडौं उपत्यकामा मात्रै दर्जनौं अभियानहरु सन्चालनमा छन् । अभियानहरु मध्य पछिल्लोसमय प्रभावकारी भुमिकामा देखिएको स्वतन्त्र नागरिक वातावरण सफाइ अभियानले आज बालाजु क्षेत्रमा कार्यक्रम गरेको हो । अभियानले सरसफाई मात्र नभएर सार्वजानिक जग्गा संरक्षण तथा सामाजिक रुपान्तरणको बिषयमा समेत आफुलाई कृयाशिल गराउँदै लगेको छ ।

अभियानले बनस्थली खरिबोट तथा पिपलटार लगायतका स्थानमा रहेको सार्वजानिक जग्गा संरक्षणमा स्थानिय संघ संस्थाको सहकार्यमा यो भन्दा अगाडी कार्यक्रमहरु धेरै कार्यक्रमहरु सम्पन्न गरिसकेको छ । आज भएको सरसफाई तथा त्यस क्षेत्रमा अब्यबस्थित बसोबास गर्ने भारतिय नागरिकहरुलाई हटाउने कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं.१६का वडा अध्यक्ष मुकुन्द रिजालको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा महानगर प्रहरी , नेपाल प्रहरी , त्यस क्षेत्रमा फोहर ब्यबस्थापजको कार्य गरिरहेको नेप्सेम्याक सेवा प्रा.लि. , सामाजिक अभियन्ता तथा स्थानिय संघ संस्थाको सकृय सहभागिता रहेको थियो । स्थानिय सरकार र स्थानिय नागरिकको सहभागिता बिना सामाजिक रुपान्तरणको अभियान सफल हुन नसक्ने भएकोले अभियान सदैव स्थानिय सरकार संग सहकार्य गरेर अगाडी बढ्न तयार रहेको अभियानको संयोजक मुकुन्द सिलवालले बताउनु भयो ।

साताकाे चर्चित
सम्बन्धित