एक गोलमै रश्मिले बनाएको पहिचान ,साफ महिला फुटबल
एक गोलमै रश्मिले बनाएको पहिचान ,साफ महिला फुटबल

भारत मात्र यस्तो प्रतिद्वन्द्वी हो, जसले हरेक पटक नेपाललाई रोकेको थियो ।

    • Bell Sanchar

    • २ आश्विन २०७९, आईतवार

काठमाडौं । साफ महिला च्याम्पियनसिपमा कीर्तिमानी गोलकर्ता स्ट्राइकर सावित्रा भण्डारी अस्वस्थताका कारण श्रीलंकाविरुद्ध खेल्न नसक्ने भइन् ।

प्रशिक्षक कुमार थापाले रश्मिकुमारी घिसिङलाई अवसर दिए ।

उद्घाटन खेलमा भुटानविरुद्ध बेन्चमै सीमित भएकी रश्मिले सावित्राको अभाव महसुस हुन दिइनन्, डेब्यू गोल गरिन् ।

नेपाल समूह विजेता बनेर सेमिफाइनलमा पुग्यो ।

गोलमेसिन सावित्रा पूर्ण फिट भइसकेकी थिइनन्, सेमिफाइनलमा भारतसँग खेल्नुपर्ने भयो ।

भारत मात्र यस्तो प्रतिद्वन्द्वी हो, जसले हरेक पटक नेपाललाई रोकेको थियो ।

पहिलो संस्करणदेखि नै फाइनलमा नेपाललाई रोकेको भारतले सन् २०१६ मा त सेमिफाइनलबाटै घर पठाइदिएको थियो ।

एकातिर १२ वर्षदेखि भारतसँग हार्दै आएको नियतिलाई क्रमभंग गर्ने लक्ष्य, अर्कातिर सावित्राको अभावले नेपाली टोली दबावमा थियो ।

प्रशिक्षक कुमारले फेरि रश्मिलाई सेन्टर फरवार्डकै भूमिका दिए ।

साताकाे चर्चित
सम्बन्धित