एडु सञ्जालद्वारा सिम्याटको निःशुल्क अनलाइन कक्षा   
     एडु सञ्जालद्वारा सिम्याटको निःशुल्क अनलाइन कक्षा   

“विद्यार्थीले यो अनलाइन कोर्ष पूरा गरिसकेपछि परीक्षाका लागि ट्रिक र टिप्स पाउने, उच्च अङ्क हसिल गर्न सहयोग हुने,

    • Bell Sanchar

    • ३ आश्विन २०७९, सोमबार

काठमाडौँ 
एक दशकभन्दा लामो समयदेखि विद्यार्थीलाई शैक्षिक गतिविधिमा सहयोग गर्दै आएको ‘एडु सञ्जाल’ले ‘सिम्याट’को अनलाइन कक्षा सञ्चालनमा ल्याएको छ ।

यसअन्तर्गत विद्यार्थीले आफ्नो मोबाइल वा ल्यापटपबाट इन्टरनेटको सहयोगमा एडुसञ्जालको आधिकारिक वेबसाइट (cmat=edusanjal=com) मा गई सिम्याटको कक्षा लिनसक्ने व्यवस्था गरिएको छ । साथै सीमित अवधिका लागी यो सुविधा निःशुल्करूपमा प्रदान गरिएको सञ्जालका संस्थापक विदुर आचार्यले जानकारी दिनुभयो ।

“सिम्याट परीक्षाको तयारीलाई थप सहज बनाउन अनुभवी प्रशिक्षकसँगको सहकार्यमा अनलाइन भिडियो सामग्री राखेका छौँ”, उहाँले भन्नुभयोे, “हरेक लेसनको पछाडि क्विज पनि राखेका छौँ । यसले विद्यार्थीलाई आफ्नो बुझाइ र सिकाइको आफैँ मूल्याङ्कन गर्न मद्दत मिल्ने विश्वास लिएका छौँ ।”

भौतिक उपस्थितिमा पठनपाठनका लागि समयको निश्चित अवधि हुँदा विद्यार्थीलाई केही असहज हुने गरेको छ तर अनलाइन पठनपाठनमा विद्यार्थीले आफ्नो समय अनुकूल पठनपाठन गर्न सहज हुने, साथै काठमाडौँ उपत्यका बाहिरका विद्यार्थीका लागि पनि यसले थप सहजता प्रदान गर्ने विश्वास लिइएको छ ।

“विद्यार्थीले यो अनलाइन कोर्ष पूरा गरिसकेपछि परीक्षाका लागि ट्रिक र टिप्स पाउने, उच्च अङ्क हसिल गर्न सहयोग हुने, आफैँलाई मूल्याङ्कन गर्ने र आफ्नो क्षमता पत्ता लगाउने अवसर पाउने र व्यावसायिक तथा दैनिक जीवनमा उपयोगी हुने ज्ञान हासिल गर्नेछन्”, उहाँले भन्नुभयो, “मोक टेस्ट र विगतमा सिम्याटमा सोधिएका प्रश्न पनि सोही लेसनमा समावेश गरेकाले विद्यार्थीलाई अझ सहज हुने विश्वास छ ।”

के हो सिम्याट ?

त्रिभुवन विश्वविद्यालयले व्यवस्थापन सङ्कायअन्तर्गत सेमेस्टर सिस्टममा आधारित बिबिए, बिबिएम, बिएचएम, बिआइएम, बिपिए, बिटिटिएम र बिएमएसको शैक्षिक कार्यक्रमका लागि लिइने अनिवार्य ‘एजिबिलिटी टेस्ट एक्जाम’ नै सिम्याट (सेन्ट्रल म्यानेजमेन्ट एड्मिसन टेस्ट) हो ।

आफूले चाहेको कलेजमा उपयुक्त कोर्ष पढ्नका लागि र छात्रवृत्तिका लागि सिम्याटमा राम्रो अङ्क ल्याउनुपर्ने हुन्छ । सिम्याटको ‘इलिजिबिलिटी’मा कक्षा १२ वा सोसरहको पढाइमा १.८ सिजिपिए वा कम्तीमा दोस्रो श्रेणी वा पूर्ण विषयमा सी ग्रेड प्राप्त भएको हुनुपर्ने जनाइएको छ ।

नब्बे मिनेटको सिम्याट परीक्षामा ‘भर्बल एबिलिटी’, ‘क्वान्टिटेटिभ’ ‘एबिलिटी’, ‘लजिकल रिजनिङ’ र ‘जेनेरल अवेरनेस’ चार ‘सेसन’ हुन्छन् । हरेक ‘सेसन’मा २५ प्रश्न र २५ नै अङ्कभार बोकेको हुन्छ भने कूल एक सय वस्तुगत प्रश्न हुने बताइएको छ ।

साताकाे चर्चित
सम्बन्धित