सीमा विवादले किर्गीस्तान र ताजिकिस्तानका नागरिकबीच झडप, ९४ को मृत्यु
सीमा विवादले किर्गीस्तान र ताजिकिस्तानका नागरिकबीच झडप, ९४ को मृत्यु

दुई मुलुकबीचको तनाव साम्य पार्ने  सहमति हुनुअघि झडप भएको थियो। 

    • बेल संचार

    • ३ आश्विन २०७९, सोमबार

किर्गीस्तान र ताजिकिस्तानको सीमा क्षेत्रमा झडप हुँदा ९४ जनाको मृत्यु भएको छ। सीमा विवादलाई लिएर दुई मुलुकका नागरिकबीच झडप भएको बीबीसीले जनाएको छ।

दुई मुलुकबीचको तनाव साम्य पार्ने  सहमति हुनुअघि झडप भएको थियो।  गत शुक्रबार स्थिति साम्य पार्न सहमतिको प्रयास भए थियो।

पूर्व सोभियतकालीन राज्यका नागरिकबीच सीमा विवादका कारण बारम्बार झडप हुँदै आएको छ। सन् २०२१ मा भएको झडपमा ५० जनाले ज्यान गुमाएका थिए।

किर्गीस्तान र ताजिकस्तानबीच १ हजार किलोमिटर क्षेत्रफलको सीमालाई लिएर  ३१ वर्षदेखि विवाद छ। दुबै राष्ट्रले  झडपको दोषारोपण एक-अर्कामाथि लगाउँदै आएका छन्।

साताकाे चर्चित
सम्बन्धित