टोखाको पञ्चेटारमा आभाष कोलोनी बन्दै, दशैँको अवसरमा ५० लाखसम्म छुट
टोखाको पञ्चेटारमा आभाष कोलोनी बन्दै, दशैँको अवसरमा ५० लाखसम्म छुट
    • Bell Sanchar

    • ४ आश्विन २०७९, मंगलवार

काठमाडौँ, ४ असोज ।

काठमाडौँको टोखा नगरपालिका वडा नं २ पञ्चेटारस्थित आभाष कोलोनी निर्माण हुने भएको छ । सीडी इनोभेटिभ डिजाइन एण्ड कन्स्ट्रक्सन प्रालिले पञ्चेटारमा ९० देखि ११० घर बन्ने गरी सुविधासम्पन्न कोलोनी निर्माण गर्न लागेको हो । केही दिनपछि सुरु हुन लागेको उक्त परियोजना मार्फत निर्माण हुन लागेको प्रत्येक घरको मूल्य रु तीन करोड ५० लाख तोकिएको छ ।

दशैँको अवसरमा पहिलो २० वटा घर किन्नेलाई रु ५० लाख छुट दिन लागिएको हो । २१ औँ घरबाट भने तीन करोड ५० लाख नै लाग्नेछ । नेपालको घरजग्गा व्यवसाय र सामाजिक क्षेत्रमा विशेष योगदान पु¥याएका ईन्जिनीयर दिपक कुँवरले शहरी क्षेत्रमा एकीकृत वस्तीको विकास गर्नका लागि आभाष कोलोनी निर्माण गर्न लागेको जानकारी दिनुभयो ।

उहाँ सीडी इनोभेटिभ डिजाइन एण्ड कन्स्ट्रक्सन प्रालिको अध्यक्ष, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको अध्यक्ष एवम् नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउदेश्यीय प्रालिको अध्यक्ष समेत हुनुहुन्छ । “परियोजना निर्माणका लागि नगर विकासबाट स्वीकृति लिने चरणमा छौँ, स्वीकृति लिएसँगै परियोजना सुरु गर्छौँ, परियोजनाको घर किन्नेलाई दशैँको अवसरमा भारी छुटको समेत व्यवस्था गरेका छौँ,”– उहाँले भन्नुभयो । कुल ४५ रोपनी क्षेत्रफलमा फैलिएको उक्त परियोजनामा बन्ने घरहरु नियो क्लासिकल डिजाइनमा बन्ने कुँवरको भनाई छ । निर्माण हुन लागेका सबै घरहरु साँढे दुई तलाको हुनेछन् ।

नयाँ बन्न लागेका घरहरु कुनै कम्पाउण्डले बारेको हुँदैनन् । विदेशमा बन्ने घरहरु जस्तै निर्माण हुने हाउजिङ परियोजनाका घरहरु खुला छोडिने अवधारणा रहेको छ । घरहरु दुईहजार १०० वर्गफीटको चार बेडरुमका हुनेछन् । सबै बेडरुममा अट्याच बाथरुम रहनेछन् । निर्माण हुन लागेका घर पौने ५ आनादेखि ७ आनासम्म बन्नेछन् । कम्पनीले घरको मूल्य तीन करोड ५० लाखदेखि अधिकतम चार करोड ४० लाखसम्म तोकिएको छ ।

कम्पनीले दुई वर्षभित्र घर निर्माण गरेर धनीलाई हस्तान्तरण गर्ने लक्ष्य लिएको छ । ईन्जिनीयर कुँवरको समूहले काठमाडौँ उपत्यकामा हालसम्म एक हजार ५०० भन्दा बढी घर निर्माण गरेर घरधनीलाई हस्तान्तरण गरिसकेको छ ।

साताकाे चर्चित
सम्बन्धित