मेसी र नेइमारलाई पछि पारेका क्रिस्टियानो रोनाल्डो सर्वाधिक प्रभावशाली फुटबलर
मेसी र नेइमारलाई पछि पारेका क्रिस्टियानो रोनाल्डो सर्वाधिक प्रभावशाली फुटबलर

सूचीको दोस्रो स्थानमा मेसी, तेस्रोमा नेयमार र चौंथोमा केलियन एमबाप्पे र पाँचौंमा भिनिसियस जुनियर छन्।

    • Bell Sanchar

    • ५ आश्विन २०७९, बुधबार

मेसी र नेइमारलाई पछि पार्दै क्रिस्टियानो रोनाल्डो सर्वाधिक प्रभावशाली फुटबलर बनेका छन्। कतारमा आयोजना हुने फिफा विश्वकपको दौरान सामाजिक सञ्जाल इन्स्टाग्राममा सर्वाधिक प्रभावशाली फुटबलर बनेका छन्।

उनले अर्जेन्टिनाका लियोनल मेसी, ब्राजिलका नेयमार र फ्रान्सका केलियन एमबाप्पेलाई पछि पारेका हुन्।

एनालिस्ट कम्पनि निल्सन स्पोर्ट्सको डाटा अनुसार म्यानचेस्टर युनाईटेडका पोर्चुगिच खेलाडी रोनाल्डोको औसत प्रति पोस्ट मूल्य ३.५ मिलियन भन्दा बढी छ।

इन्स्टाग्राममा रोनाल्डोको फलोअर्स गत वर्षको भन्दा ४७ प्रतिशतले बढेको देखिएको छ । रोनाल्डोको फलोअर्स ४८० मिलियन रहेको छ।

सूचीको दोस्रो स्थानमा मेसी, तेस्रोमा नेयमार र चौंथोमा केलियन एमबाप्पे र पाँचौंमा भिनिसियस जुनियर छन्।

फ्रान्सका करिम बेन्जेमा छैटौं, अर्जेन्टिनाका पाउलो डिबाला सातौं, फ्रान्सकै एङ्गोलो कान्टे आठौं, फ्रान्सकै पउल पोग्वा नवौं तथा स्पेनका सर्जियो रामोस शीर्ष १० मा रहेका छन् ।

एनालिस्ट कम्पनीले कतारमा हुने २०२२ को विश्वकपमा सहभागी हुने अपेक्षा गरिएका खेलाडीहरूको श्रेणी निर्धारण गरेको हो।

साताकाे चर्चित
सम्बन्धित