अनुमतिविना होर्डिङ बोर्ड र डिजिटल बोर्ड राख्न निषेध काठमाडौंभित्र
अनुमतिविना होर्डिङ बोर्ड र डिजिटल बोर्ड राख्न निषेध काठमाडौंभित्र

महानगरले उच्च अदालत पाटनले निषेधाज्ञाको मुद्दामा ३० भदौमा दिएको आदेशका आधारमा यस्तो सूचना जारी गरिएको बताएको छ ।

    • बेल संचार

    • ५ आश्विन २०७९, बुधबार

काठमाडौं

अब काठमाडौं महानगरपालिकाभित्र अनुमतिविना होर्डिङ बोर्ड र डिजिटल बोर्ड राख्न नपाइने भएको छ ।

बुधबार एक सार्वजनिक सूचना जारी गर्दै काठमाडौं महानगरपालिकाले अनुमति नलिएका र अनुमतिको अवधि सकिएका होर्डिङ बोर्ड र डिजिटल बोर्ड हटाउन निर्देशन दिएको छ ।

‘५ असोज गतेबाट अनुमति बीना वाहृय विज्ञापन सञ्चालन नगर्न/ नगराउन सम्वद्ध सबैलाई सूचित गरिन्छ,’ महानगरको सूचनामा भनिएको छ ।

महानगरले उच्च अदालत पाटनले निषेधाज्ञाको मुद्दामा ३० भदौमा दिएको आदेशका आधारमा यस्तो सूचना जारी गरिएको बताएको छ ।

वाह्य विज्ञापन सञ्चालन नगर्न/नगराउन सम्बद्ध व्यक्ति, संस्था, कम्पनी र निकायलाई सूचित गरिएको छ ।

नियम उल्लंघन गरी वाह्य विज्ञापन गरेमा नगर प्ररीहले बन्द गराउने सूचनामा उल्लेख छ ।

साताकाे चर्चित
सम्बन्धित