सभामुख र उपसभामुख पद खाली गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट
सभामुख र उपसभामुख पद खाली गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट

‘सभामुख र उपसभामुखको पदावधि सकिँदा पनि राज्यस्रोत साधन तथा प्राप्त सेवा सुविधाहरुको प्रयोग गरिरहनुभएको छ ।

    • Bell Sanchar

    • ६ आश्विन २०७९, बिहीबार

काठमाडौं

सभामुख र उपसभामुख पद खाली गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।

अधिवक्ताहरु किशोर पौडेल र अनुपम भट्टराईले सर्वोच्च अदालतमा रिट दायर गर्दै प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी दर्ता हुने अघिल्लो दिनबाट सभामुख र उपसभामुख पद पनि रिक्त भएको दावी गरेका हुन् ।

सभामुख अग्निप्रसाद सापकोटाा र उपसभामुख पुष्पा भुसालले कार्यकाल सकिँदा पनि राजीनामा नदिएको भन्दै रिटमा उनीहरुको पद खाली गराउन परमादेश माग गरिएको छ ।

‘सभामुख र उपसभामुखको पदावधि सकिँदा पनि राज्यस्रोत साधन तथा प्राप्त सेवा सुविधाहरुको प्रयोग गरिरहनुभएको छ ।

यो दुरुपयोग संविधानमाथिको निर्मम प्रहार र धोकाधडडी हो’ रिटमा भनिएको छ, ‘संविधानको अक्षरश पालना गर्ने हो भने सभामुख र उपसभामुखले सो पद धारा गरी राज्यको स्रोत साधनको दुरुपयोग गरिरहनुभएको छ ।’

साताकाे चर्चित
सम्बन्धित