सोनाक्षी र हुमाको ‘डबल एक्सएल’ टिजर सार्वजनिक (भिडिओ)
सोनाक्षी र हुमाको ‘डबल एक्सएल’ टिजर सार्वजनिक (भिडिओ)

सार्वजनिक टिजरमा सोनाक्षी र हुमा बडी सेमिङ गर्नेप्रति व्यंग्य गर्दै गरेको देखाइएको छ।

    • Bell Sanchar

    • ६ आश्विन २०७९, बिहीबार

बलिउड अभिनेत्री सोनाक्षी सिन्हा र हुमा कुरैशी अभिनित फिल्म ‘डबल एक्सएल’को टिजर सार्वजनिक भएको छ।

सार्वजनिक टिजरमा सोनाक्षी र हुमा बडी सेमिङ गर्नेप्रति व्यंग्य गर्दै गरेको देखाइएको छ।

याे फिल्म दुई मोटी महिला राजश्री त्रिवेदी र सैयरा खन्नको मित्रतामा आधारित छ। सतरामम रमानीले निर्देशन गरेको फिल्ममा सोनाक्षी र हुमासँगै जहर इकबाल र महत राघवेन्द्रलगायतको अभिनय छ।

कमेडी जनराको फिल्ममा भुषण कुमार, कृष्ण कुमार, विपुल डि शाह, राजेश बाह्ल, अश्विन वर्दे, सन्दिव सलेम, हुमा कुरैशी र मुदसर एजाजको लगानी रहेको छ।

यो फिल्म अक्टोबर १४ देखि प्रदर्शन हुनेछ।

हालै हुमा कुरैशीको राजनीतिक थ्रिलर वेब सिरिज ‘महारानी २’ प्रदर्शन भएको थियो। त्यस्तै, सोनाक्षी सिन्हा अनटाइल फिल्ममा काम गरिरहेकी छन्।

 

साताकाे चर्चित
सम्बन्धित