अङ्ग्रेजी विषयगत शिक्षकलाई पुर्नताजकी तालिम   
अङ्ग्रेजी विषयगत शिक्षकलाई पुर्नताजकी तालिम   

तालिमा सहभागी प्रशिक्षार्थी शिक्षकहरु शिवनन्द शर्मा, तीर्थप्रसाद अधिकारी र भगवती रावलले तालिमका विविध विषयमा चर्चा गर्नुभएको थियो ।    

    • Bell Sanchar

    • ७ आश्विन २०७९, शुक्रबार

जुम्ला, 
जिल्लाको सिञ्जा गाउँपालिकाको शिक्षा तथा खेलकुद शाखाले पालिकाभित्रका आधारभूत तहका अङ्ग्रेजी विषयका शिक्षकलाई पाँच दिने पेसागत क्षमता विकाससम्बन्धी पुर्नताजकी तालिम दिइएकोे छ ।

असोज १ गतेदेखि ५ गतेसम्म सञ्चालन भएको तालिमसमापनका अवसरमा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयमा अङ्ग्रेजी शिक्षालाई थप गुणस्तरीय बनाउन यस तालिमको महत्वपूर्ण भूमिका रहने र अब सबै विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाइ हुने बताउनुभयो ।

प्रशिक्षक मणिराम शर्माले तालिममा सिकाएका कुरालाई शिक्षा मास्टर योजना प्रालिमा समावेश गरे शिक्षामा केही सुधार हुने बताउनुभयो । तालिमा सहभागी प्रशिक्षार्थी शिक्षकहरु शिवनन्द शर्मा, तीर्थप्रसाद अधिकारी र भगवती रावलले तालिमका विविध विषयमा चर्चा गर्नुभएको थियो ।
गाउँपालिकाले पहिलोपटक काठमाडौँबाट प्रशिक्षक ल्याएर दिएको सो तालिममा पालिकाभित्रका २२ वटा आधारभूत विद्यालयकाअङ्ग्रेजी विषयका शिक्षक थिए ।

साताकाे चर्चित
सम्बन्धित