नेपालले आज घरेलु टिम माल्दिभ्ससँग खेल्ने ,साबा महिला बास्केटबल
नेपालले आज घरेलु टिम माल्दिभ्ससँग खेल्ने ,साबा महिला बास्केटबल

नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समयअनुसार राति सवा ८ बजे हुनेछ ।

    • Bell Sanchar

    • ९ आश्विन २०७९, आईतवार

काठमाडौं

साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले आज पहिलो खेल घरेलु टिम माल्दिभ्ससँग खेल्दैछ ।

नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समयअनुसार राति सवा ८ बजे हुनेछ ।

सदिना श्रेष्ठको कप्तानीमा रहेको नेपाली टिम प्रतियोगितामा राम्रो नतिजा निकाल्ने योजनामा हुनेछ ।

४ टिम सम्मिलित च्याम्पियनसिपमा नेपालले दोस्रो खेल श्रीलंका र तेस्रो तथा अन्तिम खेल भुटानसँग खेल्ने छ ।

प्रतियोगिताका लागि १३ खेलाडीसहित १५ सदस्यीय नेपाली टोली शुक्रबार माल्दिभ्स पुगिसकेको छ ।

नेपाली टोली

सदिना श्रेष्ठ(कप्तान), एलिना गुरुङ, एलिशा मल्ल, अमिशा घले, अनुषा मल्ल, विनामणि योञ्जन, गरिशा सिलवाल, मिना गुरुङ, मुना महर्जन, प्रतिक्षा मगर, रचना श्रेष्ठ र श्रेया खड्का ।

साताकाे चर्चित
सम्बन्धित