नेपाली चलचित्र ‘प्रेमगीत ३’ को हिन्दी भर्सन लिक!
नेपाली चलचित्र ‘प्रेमगीत ३’ को हिन्दी भर्सन लिक!

यद्यपि नेपालमा प्रदर्शन हुनु पूर्व नै प्रेम गीत ३ ‘अनएथिकल’ साइट ‘टेलिग्राम’ मा लिक भएको हो। 

    • Bell Sanchar

    • ९ आश्विन २०७९, आईतवार

लामो समयसम्मको विवाद पछि शुक्रबारदेखि विश्वभर प्रदर्शनमा आएको नेपाली चलचित्र प्रेमगीत-३ को हिन्दी संस्करण लिक भएको छ।

नेपाल र भारत सहित विभिन्न मुलुकमा एक साथ प्रदर्शनमा आएको चलचित्रको हिन्दी संस्करण नेपालमा रिलिज नहुँदै लिक भएको हो।

हिन्दी भर्सनको सेन्सर सर्टिफिकेट नआइसकेकाले नेपालमा हिन्दी संस्करण सोमबार मात्र रिलिज हुने जनाइएको छ।

यद्यपि नेपालमा प्रदर्शन हुनु पूर्व नै प्रेम गीत ३ ‘अनएथिकल’ साइट ‘टेलिग्राम’ मा लिक भएको हो।

नेपाली फिल्मको इतिहासमा पहिलो पटक हिन्दीमा डब गरी नेपाल र भारतमा एकसाथ प्रदर्शन भएको फिल्मले पहिलो दुई दिन दर्शकको उत्साहजनक साथ पाएको छ।

हिन्दी संस्करणले भारतमा पहिलो दिन ९२ लाख भारतीय रूपैयाँ कलेक्सन गरेको छ।

भारतीय ट्रेड एनालिस्ट तरन आदर्शले भारतमा पहिलो दिन ९२ लाख भारू (झन्डै डेढ करोड) रूपैयाँको व्यापार गर्न सफल भएको जानकारी दिए ।

यस्तो अवस्थामा फिल्मको हिन्दी संस्करण नेपालमा रिलिज हुनुपुर्वनै लिक हुनाले फिल्मलाई उल्लेखनीय आर्थिक नोक्सानी हुनसक्ने सम्भावना बढेको छ।

साताकाे चर्चित
सम्बन्धित