इङ्ल्याण्डमाथि पाकिस्तानको रोमाञ्चक जित
इङ्ल्याण्डमाथि पाकिस्तानको रोमाञ्चक जित

आशिफ अलीले ३ बलमा १३ रन बनाउँदै पाकिस्तानलाई मध्यम योगफलसम्म पुर्‍याए।

    • Bell Sanchar

    • १० आश्विन २०७९, सोमबार

इङ्ल्याण्डलाई ३ रनले हराउँदै पाकिस्तानले ७ खेलको सिरिज २-२ को बराबरीमा ल्याएको छ।

गएराति कराँचीमा भएको चौथो टी-२० अन्तर्राष्ट्रियमा पाकिस्तानले दिएको १६७ रनको लक्ष्य पछ्याएको पाहुना टोली इङ्ल्याण्ड १९.२ ओभरमा अलआउट हुँदै १६३ रनमा समेटियो।

उसका लागि लियाम दासवान र ह्यारी ब्रोकले समान ३४-३४ रन बनाउँदा बेन डकेटले ३३ रन बनाए। यस्तै कप्तान मोइन अलीले २९ रन बनाउँदा डेभिड विलीले ११ रन जोडे। बाँकी कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

३ इङ्लिस खेलाडी शून्यमा आउट हुँदा ओपनर फिल साल्टले ८ तथा एलेक्स हल्सले ५ रन जोडे।

पाकिस्तानलाई रोमाञ्चक जित दिलाउन हरिस रौफ र मोहम्मद नवाजले ३-३ विकेट लिए। मोहम्मद हसिनले २ विकेट लिँदा मोहम्मद वासिमले १ विकेट हात पारे।

त्यसअघि नेशनल स्टेडियम कराँचीमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६६ रन बनायो।

उसका लागि मोहम्मद रिजवानले सर्वाधिक ८८ रनको योगदान दिए। ६७ बल खेला उनले ९ चौका र १ छक्का प्रहार गरे। यस्तै कप्तान बाबर अजामले २८ बलमा ३६ रन बनाउँदा सान मसुदले १९ बलमा २१ रन जोडे।

आशिफ अलीले ३ बलमा १३ रन बनाउँदै पाकिस्तानलाई मध्यम योगफलसम्म पुर्‍याए।

इङ्ल्याण्डका रेसी टोप्लेले २ विकेट लिँदा लायम डावसन र डेभिड विलीले १-१ विकेट हात पारे।

यो जितसँगै पाकिस्तानले ७ खेलको सिरिज २-२ को बराबरीमा ल्याएको छ। अब पाँचौ खेल बुधबार लाहोरमा हुनेछ।

साताकाे चर्चित
सम्बन्धित