जरङ्खुमा खुल्यो इलेक्ट्रोनिक्स सामानहरुको शोरुम, चाडपर्वमा विशेष अफर पाउने
जरङ्खुमा खुल्यो इलेक्ट्रोनिक्स सामानहरुको शोरुम, चाडपर्वमा विशेष अफर पाउने
    • Bell Sanchar

    • १० आश्विन २०७९, सोमबार

काठमाडौं । युनिक इलेक्ट्रोनिक्स हाउसले आफ्नो शाखाको रुपमा तारकेश्वरको जरङ्खुमा शोरुम बिस्तार गरेको छ । नयाँ विस्तारित शोरुमको उद्घाटन आज मङ्गलबारबाट गरिएको छ । पछिल्ला बर्षहरुमा इलेक्ट्रोनिक्स सामानहरुको बजार बिस्तार हुँदै गएको र युवा पुस्ता बीच माग बढ्दै गएको स्थितिलाई विचार गरी आफूहरुले जरङ्खुमा शाखा बिस्तार गरेको युनिक इलेक्ट्रोनिक्स हाउसका प्रोप्राइटर सुर्य कुमार श्रेष्ठले बताएका छन् ।

विगत करिब डेढ दशक देखि इलेक्ट्रोनिक्स व्यवसायमा संलग्न रहँदै आएका श्रेष्ठले आफ्नो पहिलो व्यवसायको रुपमा शुरु गरेको शोरुम बालाजुको बाइपासमा सञ्चालनमा छ । नयाँ सञ्चालनमा आएको शोरुममा सबै किसिमका इलेक्ट्रोनिक सामानहरु एउटै छानामुनि उपलब्ध रहने श्रेष्ठले बताएका छन् ।

नेपालीहरुको नजिकिएको महान चाड बडा दशैं, दीपावली र छठको अवसर पारेर आफ्नो शोरुममा उपलब्ध टिभी, फ्रिज, वासिङ मेसिन, भ्याकुम क्लिनर लगायतका विभिन्न होम तथा किचन अप्लायन्सहरुमा विशेष सहुलियत तथा छुट उपलब्ध गराइने समेत श्रेष्ठले बताएका छन् ।

युनिक इलेक्ट्रोनिक्सले सिजी, एलजि, यसोदा, सामसुङ लगायत सबै ब्राण्डका घरायसी प्रयोजनका इलेक्ट्रोनिक्स सामानहरु उपलब्ध छन् । गोरखाबाट काठमाडौं आई व्यवसायमा जोडिएका श्रेष्ठ आगामी दिनमा बजारको माग अनुसार अन्य क्षेत्रहरुमा समेत आफ्नो शाखा बिस्तार गर्दै जाने बताउँछन् । काठमाडौं प्रवेश गर्दा साधारण अवस्थामा रहेका श्रेष्ठ निरन्तरको सङ्घर्ष एवं सकारात्मक सोचको कारण आफू एक डेढ दशकमा नै प्रतिष्ठित व्यवसायी बन्न सकेको दावी गर्छन् ।

साथै उनी व्यवसायमा नयाँ जोडिन चाहने व्यक्तिहरुलाई व्यवसायमा सफलता हासिल गर्नको लागि धैर्यता महत्वपूर्ण रहने सन्देश समेत प्रवाह गर्छन् । दशैं लक्षित गरी आफूहरुले नगद छुट तथा हरेक सामानमा कुनै न कुनै उपहारको व्यवस्था गरेको र ग्राहकहरुलाई बिक्री पश्चात्को सेवामा विशेष महत्व दिएको समेत श्रेष्ठ बताउँछन् । ग्राहकहरुलाई होम सर्भिसको व्यवस्था गरेका श्रेष्ठले आफ्नो शोरुमबाट बिक्री भएका सामानमा कुनै समस्या आइपरेको खण्डमा यथाशक्य छिटो मर्मत सेवा उपलब्ध गराउने समेत श्रेष्ठले बताएका छन् ।

साताकाे चर्चित
सम्बन्धित