सरकार र मन्त्रीहरुले के गर्न पाउँदैनन् ? निर्वाचन आचारसंहिता लागु भएपछि
सरकार र मन्त्रीहरुले के गर्न पाउँदैनन् ? निर्वाचन आचारसंहिता लागु भएपछि
    • Bell Sanchar

    • ११ आश्विन २०७९, मंगलवार

निर्वाचन आयोगले असोज १२ गते बुधबारदेखि निर्वाचन आचारसंहिता २०७९ पुर्ण रुपमा लागु गर्ने भएको छ । आयोगको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो । यसअघि भदौ १३ गते नै राजपत्रमा प्रकाशित भैसकेको निर्वाचन आचारसंहिताको पालना गर्नु सवैको दायित्व भएको बताएको छ ।

निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता, तथा भयमुक्त वातावरण कायम राख्न आचारसंहितालाई सवैले पालना गर्नुपर्ने आयोगको भनाइ छ ।  आचार संहिताको परिच्छेद ३ मा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा

सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरण उल्लेख छ ।

जसमा सरकार, मन्त्री र स्थानीय कार्यपालिकाका पदाधिकारीहरुले कुनै राजनीतिक दल वा उम्मेदवारहरुको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नहुने उल्लेख छ । तर निर्वाचनमा आफै उम्मेदवार भएका मन्त्री आफु उम्मेदवार भएको क्षेत्रमा प्रचार प्रसार गर्न पाउने भएपनि प्रचार प्रसारमा जाँदा सरकारी स्रोत साधनको प्रयोग गर्न पाउने छैनन् । त्यस्तै बार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत बाहेक अन्य कार्यक्रम गर्न वा नीति, योजना वा कार्यक्रमको घोषणा, स्वीकृत र सञ्चालन गर्न पाउने छैनन् ।

तर सरुवा रोगको महामारी वा प्राकृतिक विपद सिर्जना भएमा आयोगको स्वीकृतिमा त्यस्ता काम गर्न पाइनेछ । साथै कुनै राजनीतिक पदको सिर्जना नियुक्ती भत्ता बृद्धि, आर्थिक सुविधा वा पुरस्कार प्रदान गर्न नहुने पनि आयोगले जनाएको छ । निर्वाचनको काम बाहेक निर्वाचन सम्पन्न नभएसम्म सरकारले कर्मचारीको सरुवा समेत गर्न आचारसंहिताले बन्देज गरेको छ । साथै आयोगको अनुमतिमा मुलुकको प्रतिनिधित्व गरी विदेश भ्रमणमा जानबाहेक अन्य प्रयोजनका लागि बैदेशिक भ्रमणमा जान समेत सरकार र मन्त्रीहरुलाई बन्देज लाग्नेछ ।

साताकाे चर्चित
सम्बन्धित