किलोको कति ? खसीबोका र च्याङ्ग्रा
किलोको कति ? खसीबोका र च्याङ्ग्रा
    • Bell Sanchar

    • १२ आश्विन २०७९, बुधबार

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसीबोका र च्याङ्ग्रा बिक्री गर्न थालेको छ। कम्पनीको थापाथलीमा रहेको प्रादेशिक  कार्यालयबाट बिक्री  सुरु गरेको हो।

दाङ, धादिङ, मकवानपुरलगायतका जिल्लाबाट खसीबोका र दार्चुुलाबाट च्याङ्ग्रा ल्याइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पहिलो चरणमा २ सय २७ वटा च्याङ्ग्रा पनि काठमाण्डौ आइसकेका छन् । कम्पनीले हिजो खसीबोका प्रतिकेजी ६ सय ८० रुपैयाँ र च्याङ्ग्रा प्रतिकेजी एक हजार दुई सय ६० रुपैयाँ मूूल्य निर्धारण गरेको छ ।

गएको वर्ष कम्पनीले खसीबोकाको मूूल्य प्रतिकेजी ६ सय ५० रुपैयाँ निर्धारण गरेको थियो । खरिद मूूल्य नै  बढेकाले  मूूल्य  बढ्न  गएको  कम्पनीले जनाएको छ । कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले च्याङ्ग्रा र  खसीबोकामा  प्रतिकेजी १० रुपैयाँ छुुट दिइएको जानकारी दिनुभयो।

छुटमा खरिद गर्दा उपभोक्तालाई खसीबोका प्रतिकिलो ६ सय ७० रुपैयाँ र च्याङ्ग्रा १२ सय ५० रुपैयाँ पर्नेछ । कम्पनीले खसीबोका प्रतिकेजी ५ सय ७० देखि ६ सय रुपैयाँमा र च्याङ्ग्रा प्रतिकेजी एक हजार १ सय ५० रुपैयाँमा खरिद गरेको कम्पनीले जनाएको छ ।

खाद्यले बिक्री गर्ने मूल्य व्यापारीको भन्दा किलोकै ५० रुपैयाँ सस्तो पर्ने नायब महाप्रबन्धक खनालले बताउनुभयो । यसपालि काठमाण्डौ उपत्यकामा ५० देखि ६० हजार सङ्ख्यामा खसीबोका खपत हुने अनुमान छ ।

साताकाे चर्चित
सम्बन्धित