अब हुने राष्ट्रिय तथा प्रतिनिधि सभा निर्वाचनमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँच सम्बन्धी अन्तरक्रिया
अब हुने राष्ट्रिय तथा प्रतिनिधि सभा निर्वाचनमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँच सम्बन्धी अन्तरक्रिया
    • Bell Sanchar

    • १३ आश्विन २०७९, बिहीबार

अब हुने राष्ट्रिय तथा प्रतिनिधि सभा निर्वाचनमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँच पुगोस भन्ने उदेश्यले आज राजधानीमा अपाङ्गता समावेशी पहुँचयुक्त निर्वाचन तथा राजनीतिक सहभागीतामा सरोकारवालाहरुसँग अन्तरक्रिया गरियो ।

अपाङ्गता भएका व्यक्तिहरुका लागि स्वाबलम्बन जीवन पद्ती केन्द्र काठमाडौंले र नेत्रहिन युवा संघ नेपालले आयोजना गरेको सो कार्यक्रममा एविलिटि मञ्च प्रा.ली.का निर्देशक तथा राष्ट्रिय अपाङ्ग महसंघ नेपालका निवर्तमान अध्यक्ष सुदर्शन सुवेदीले अपाङ्गता भएका व्यक्तिहरुका लागि स्वाबलम्बन जीवन पद्ती केन्द्र काठमाडौंले अपाङ्गता भएका व्यक्तिहरुका लागि सञ्चालन गरेका गतिविधिहरुको बारेमा जानकारी गराउदै राजनीतिमा अपाङ्गता भएका व्यक्तिहरुको आवश्यकता, प्रतिनिधित्वको बारेमा प्रष्ट पार्नु भयो । साथै उहाँले संवैधानिक तथा कानूनी अधिकार, अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धीको सिद्धान्तका विषयमा जानकारी गराउदै अपाङ्गता भएका व्यक्तिहरुका सवालहरुलाई राजनीतिक दलहरुले समावेश गर्नु पर्ने कुरामा जोड दिनु भयो ।

यसै क्रममा राष्ट्रिय स्वतन्त्र पाटीका केन्द्रिय सदस्य महेश्वर घिमिरेले राजनीति तथा निर्वाचनमा अपाङ्गता भएका व्यक्तिहरुको सवालका विषया छलफल भैरहदा २४ सौ घण्टा सहयोगीको आवश्यकता हुने अपाङ्गता भएका व्यक्तिहरुका सवालहरुलाई विषेश प्राथामिकताका साथ संवोधन गर्नु पर्ने बताउदै आफु आवध राजनीतिकदलले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुका सवालहरुलाई संवोधन गरी समावेश गर्नका लागि पहल गर्ने कुरामा जोड दिनु भएको थियो ।
यस कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पाटीकी केन्द्रि सदस्य देवकुमारी पराजुलीले आफ्नो दलका चुनावी प्रचार प्रसारका सामाग्रीहरु अपाङ्गता मैत्री बनाइने, अपाङ्गता भएका व्यक्तिहरुका सवालहरुलाई संवोधन गर्न पाटी प्रतिवद्ध रहेको बताउनु भयो ।

त्यसै गरी नेपाल कम्यूनिष्ट पाटी माओवादी केन्द्रकी केन्द्रिय सदस्य अमृता थापा मगरले अपाङ्गता अनुकूलको भैतिक संरचना निर्माण गरी राज्यले व्यवस्था गरेका वा सुविधाहरु उपलब्ध गराउन, उनीहरुको हक अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनु भयो ।
यस अन्तरक्रिया कार्यक्रममा ने.क.पा.एमालेका केन्द्रिय सदस्य तथा राष्ट्रिय युया परिषदका निवर्तमान अध्यक्ष माधव ढुङ्गेलले हरेक क्षेत्रमा अपाङ्गता मैत्री संरचना निर्माण गर्नु पर्ने, उनीहरुका सवालहरुलाई प्रमुख सवालको रुपमा सबै राजनीतिक दलहरुले संवोधन गर्नु पर्ने र आफु आवद्ध दलको तर्फबाट पनि यस विषयलाई पहिलो प्राथामिकताका साथ अगाडि बढाउने बताउनु भयो ।

यसै क्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य मदनकृष्ण श्रेष्ठले आफ्नो पाटीको घोषणा पत्रमा अपाङ्गता भएका व्यक्तिहरुका सवालहरुलाई समावेश गर्ने बताउदै सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुका सवालहरुलाई संवोधन गर्ने, राजनीतिकदल, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल तथा अपाङ्गता भएका व्यक्तिहरुका लागि काम गर्ने विभिन्न संघ संस्थाहरु एक जुट हुनु पर्ने कुरामा जोड दिनु भयो ।

त्यसै गरी आयोजक संस्था अपाङ्गता भएका व्यक्तिहरुका लागि स्वाबलम्वन जीवन पद्ती केन्द्र काठमाडौंका अध्यक्ष टेकबहादुर गुरुङ्गले अब हुने निर्वाचनमा अपाङ्गता भएका व्यक्तिहरुको प्रतिनिधित्व सुनिश्चत गर्नका लागि सबै राजनीतिक दलहरुको साथ सहयोग हुनु पर्ने भन्दै अपाङ्गता भएका व्यक्तिहरुको राजनीतिक अधिकार सुनिश्चतका लागि थप कार्यक्रमहरु सञ्चालन गर्ने बताउदै सबै सहभागीहरुलाई धन्यवाद दिनु भयो ।

कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुको सल्लाह, सुझाब अनुसार तयार गरिएको अपाङ्गता समावेशी निर्वाचन प्रणालीका लागि माग पत्रमा सबै राजनीतिक दलका प्रतिनिधिहरुले हस्ताक्षर गर्दै यहाँ उल्लेखित सवालहरुलाई संवोधन गरिने प्रतिवद्ता पनि व्यक्त गर्नु भयो ।

साताकाे चर्चित
सम्बन्धित